Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम शनिबार सम्पन्न 


२३, पुस २०८०
  • 144
    SHARES
  • प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम शनिबार सम्पन्न 

    बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी प्रदेश कबड्डी संघको आयोजनामा शुक्रबार देखि बुटवलमा शुरु भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम शनिबार सम्पन्न भएको छ ।

    कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले समापन गर्दै यो खेलको बिकासमा प्रदेश सरकार लगानी गर्न तयार रहेको बताउनुभयो । खेलका दक्ष जनशक्ति उत्पादनदेखी खेलाडी तयार गर्ने गरि प्रदेश सरकार लागेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा सहभागी निर्णायकहरुलाई मन्त्री चन्द्रकेश गुप्ता, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, केन्द्रीय सचिव तर्कराज भट्ट, केन्द्रिय सदस्य भगवती अधिकारी, केस राजकुमार क्षेत्री, राखेपका निवर्तमान मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट, पुर्वजिशिअ टेक बहादुर थापाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सचिव तर्कराज भट्ट, केन्द्रिय सदस्य भगवती अधिकारी, केस राजकुमार क्षेत्री, राखेपका निवर्तमान मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट, चाईनामा सम्पन्न दक्षिण एशियाली प्रतियोगितामा कास्य पदक विजेता सृजना थारु, अन्तराष्ट्रिय सर्कल कबड्डी खेलाडी बासु बश्यालले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा लागु हुने बताउनुभयो  ।

    तालिममा लुम्बिनी प्रदेशका कपिलबस्तु र रुकुम पुर्व बाहेकका १० जिल्लाबाट ६० जना बढि सहभागी रहेका संघका सदस्य दिनेश आचार्यले जानकारी दिनुभयो ।413800192_352838657675228_4406228920632447166_n.jpg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend