Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना विजयी


२३, पुस २०८०
  • 287
    SHARES
  • बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना विजयी

    बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो ।

    तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ ।

    हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

    आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

    बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्नुभएको हो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हसिनाको  यो लगातार चौथो जित  र समग्रमा पाँचौँ कार्यकाल हो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend