Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता


२३, पुस २०८०
  • 153
    SHARES
  • कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
    मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । 
     
    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले  मनोनयनपत्र दर्ता गराउनुभएको हो । झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहनुभएको छ ।
     
    यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चम्पादेवी कार्कीले मनोनयनपत्र दर्ता गराउनुभएको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपायिलका–५ की कार्कीको प्रस्तावकमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र समर्थकमा कुमार खत्री रहनुभएको छ ।
     
    मनोनयनपत्र दर्ता गर्ने समय आज दिउँसो ३ बजेसम्म रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । 
     
    ‘सहयोग प्राप्त हुने विश्वास’  
     
    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै उहाँले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो । 
     
    पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले  सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, उहाँले भन्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend