कपिलवस्तु । शिवराज नगरपालिका ९ को शिवगढिको बिजगौरीमा "२३ औ सुर्यमुखी कप २०८०" सोमबारदेखि शुरु भएको छ ।
सोमबार पर्तापुरको सुर्यमुखी खेलमैदानमा प्रदेश खेलकुद परिषद सदस्यसचीव जयप्रकाश भट्टराईले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उट्घाटन गर्नुभएको हो ।
”बिकास र परिवर्तनको लागि युवा अघि सरौ खेलसंग संगै शिवगढीलाई पर्यटकिय स्थलको रुपमा बिकास गरौं "भन्ने मुल नारा सहित सुर्यमुखी युवा क्लबले यस प्रतियोगितालाई बिगत लामो समयदेखि निरन्तरता दिदै आएको छ ।
प्रतियोगिताको माध्यमबाट पर्यटकिय तथा धार्मिक स्थल शिवगढी मन्दिर ऐतिहासिक शिवगढी किल्ला र कृष्ण मन्दिरको प्रचारप्रसार समेतमा जोड दिदै आएको छ ।
उद्घाटनको कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्यसचीव जयप्रकाश भट्टराईले खेलाडीको मनोबल बढाउनुको साथै खेलकुदबाट पनि आफ्नो जिविकावार्जन गर्न सकिन्छ भन्ने बाताबरण बनाउन आफु लागिपरेको बताउनुभयो ।
उहाँले सुर्यमुखी कपले गरेको कामको उच्च प्रशम्सा गर्दै यसको सफलता र बिकासमा परिषद सधै साथमा रहने बताउनुभयो । साथै यो प्रतियोगिता सफल बनाउन परिषदबाट आर्थिक सहयोग गर्ने जानकारी गराउनुभयो । लामो ईतिहास भएर पनि संरचनागत रुपमा पछि परेको यो खेलमैदान प्रदेशको प्राथमिकतामा रहने छ उहाले भन्नुभएको ।
प्रदेश सभा सदस्य मिर्जा रासिद बेगले लामो ईतिहास बोकेको सुर्यमुखी कपको संरचनागत बिकाशमा आफु लाग्ने र हातेमालो गर्न वडा र नगरपालिकालाई आग्रह गर्नुभयो । खेलमैदानको आध।रभुत संरचना तयार गर्न प्रदेश सरकार र संबंधित निकायहरुसंग पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै रिपोर्टस क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीले भन्नुभयो खेलकुदको बिकासबिना मुलुक समृद्ध बन्न सक्दैन तेसैले राज्यले खेललाई पनि प्राथमिकता साथ अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामगोपाल थारु,बरिस्ठ पत्रकार महेन्द्र थापा ,लुम्बिनी प्रदेश पौडी संघका अध्यक्ष टेक बहादुर थापा, स्थानीय राजनीतिक दलका प्रतिनिधि ,समाजसेवी ,संघ सस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी लगायतका उपस्थितिमा सम्पन्न भएको हो ।
प्रतियोगिता १० दिनसम्म चल्ने छ । प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५०, उपबिजेताले २७ हजार ५ सय ५० पाउनेछ । त्यस्तै महिलातर्फको बिजेताले २० हजार उपबिजेताले १० हजार पाउने आयोजकले जानकारी दिएको छ ।
उट्धाट्न खेल आयोजक र साईनिङ्ग स्टार युवा क्लब बिच मैत्रीपुर्ण खेल भएको थियो । उत्त खेलमा १ का विरुद्ध २ गोल गरेर आयोजक बिजयी भएको छ मंगलबारदेखि नियमित ३ खेल हुनेछ ।