Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फलफुल तथा तरकारीमा म्याट लगाउँदा ब्यवसायिमा अन्यौलता,उपभोक्ता मारमा


२४, पुस २०८०
  • 175
    SHARES
  • फलफुल तथा तरकारीमा म्याट लगाउँदा ब्यवसायिमा अन्यौलता,उपभोक्ता मारमा

    बुटवल । बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरूले सरकारको स्पष्ट कृषि नितिको अभावमा तरकारी फलफुल किसान, उपभोक्ता र व्यवसायी समस्यामा परेको गुनासो गरेका छन् ।

    लुम्बिनी फलफुल तरकारी थोक ब्यवसायि संघ ,बुटवलको १७ औँ बार्षिक साधारण सभामा उनीहरूले यस्तो गुनासो पाखेका हुन । साधारणसभाको उद्घाटन गर्दै नेपाल तरकारी फलफुल थोक ब्यवसायि महासंघका अध्यक्ष खुम प्रसाद घिमिरेले थोक ब्यवसायिले सरकारले गर्ने काम गरेपनि स्पष्ट नितिको अभावमा समस्या भोग्न परेको बताउनुभयो । 

    उहाँले सरकारी र निजि तरकारी फलफुल बजारको महत्वपुर्ण भुमिका रहेको वताउदै तरकारी फलफुल किसानको बजार , मूल्यको सुनिश्चितता  र बजारीकरण को समस्यामा सरकारको ध्यानजान आवश्यक रहेको बताउनुभयो ।

    ब्यवसायीहरूले आलु ,प्याज ,फलफुल तरकारीमा म्याट लगाउदा ब्यवसायिमा अन्यौलता र उपभोक्ता महंगिको मारमा परेको गुनासो गरे । लुम्बिनी फलफुल तरकारी थोक ब्यवसायी संघका अध्यक्ष बाबुराम भुषालले संस्थाको गतिविधि वारे प्रकाश पार्दै देशको आर्थिक गतिविधि चलयमान नहुदाँ निजि क्षेत्रका ब्यवसायीमा निरासा छाएको बताउदै सरकारले नासवान बस्तुमा भ्याट लगाउदा समस्या उत्पन्न भएको बताउनुभयो ।

    बक्ताहरूले कृषि क्षेत्रमा सम्भावना राम्रो रहेको, गुणस्तरीय तरकारी फलफुल दिन व्यवसायि तत्पर रहिरहनपर्ने बताउदै कृषि क्षेत्रको अनुदान र काम  सेटिङमा हुने गरेको आरोप लगाउदै अनुदानको फण्डा रहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गुनासो गर्नुभयो । उहाँले कृषि टुरिजमको सम्भावना रहेको बताउनुभयो ।

    बुटवल थोक बजारको लामो समय हुदाँ पनि टेण्डर हुन नसक्दा समस्या उत्पन्न भएकोले बजार ब्यवस्थित गर्न आवश्य रहेको पनि थोक व्यवसायीले बताए । 
    बक्ताहरूले बजार विचौलियको मारवाट अन्त्यहुन आवस्यक रहेको चर्चा गर्दै कृषि नेपालको अर्थतन्त्रको आधार हो सरकारले कृषि उत्पादन र बजारीकरणमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।

    कार्यक्रममा नेपाल थोक ब्यवसायी महासंघका उपाध्यक्ष कृष्ण सन्जेल ,वडा अध्यक्ष लोकनाथ न्यौपाने , बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष गोपाल भुषाल, सचारकर्मि दामोदर खनाल, कृषि मानव ज्ञानका प्रमुख दयारामा बस्याल, रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा,व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे , होटल ब्यवसायि संघका अध्यक्ष लेखनाथ भण्डारी,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसि, संस्थाका बरिस्ठ उपाध्यक्ष मोहमद याकुव ,महासचिव मेघनाथ पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend