Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुरुक्षेत्र गाउँपालिकाको बजेट संशोधन


२४, पुस २०८०
  • 288
    SHARES
  • रुरुक्षेत्र गाउँपालिकाको बजेट संशोधन

    सरु भुसाल,गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले चालू आर्थिक वर्षमा ५३ करोड ५४ लाख ९७ हजार २३० रुपियाँ विनियोजित भएको बजेट संशोधन गरेको छ । गाउँपालिकाले गाउँसभाको १५ औं अधिवेशनबाट विनियोजित बजेटलाई संशोधन गरेर ५७ करोड ६२ लाख १७ हजार रुपियाँ कायम गरेको गाउपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

    गाउँसभामा चालू आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट संशोधनका लागि सभामा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पेश गर्नु भएसंगै संशोधित कार्यक्रम तथा बजेटमा छलफल भएको थियो । 

    गाउँसभाको १५ औं अधिवेशनबाट चालू आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम र बजेट संशोधन भएको छ । गाउँपालिकाले आ.व. ०८०/०८१ को बजेट निर्माण गर्दा अनुमान गरेको अ.ल्या. रकममा वृद्धि भएको हुँदा बजेटको आकारमा वृद्धि गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

    गाउँसभाको १५ औं अधिवेशनबाट ४ करोड ३१ लाख ४९ हजार ३०० रुपियाँ संशोधन गरिएको छ । जसमा चालूतर्फ १ करोड १ लाख रुपियाँ र पूँजीगततर्फ ३ करोड ३० लाख ४९ हजा ३०० रुपियाँ बजेट संशोधन गरिएको उहाँले दाबि गर्नुभयो। 

    गाउँसभामा गाउँपालिकाले स्वास्थ्य तथा सरसफाइ ऐन, २०७५ को पहिलो संशोधन गरेको छ त्यसैगरी सभाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई स्वीकृत गरेको गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

    त्यस्तै, गाउँसभामा गाउँपालिकाको आ.व. ०७४/०७५ देखि हाल सम्म कायम भएको ८ करोड ४७ लाखको बेरुजु सम्परीक्षणको लागि सभामा छलफल गरिएको थियो । गाउँसभाबाट कार्यपालिकाका यस आ.व. का हालसम्मका बैठकका निर्णयहरु अनुमोदन गरिएको पान्डेको भनाइ छ । 

    गाउँसभाका गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाबाट यस आर्थिक वर्षमा हाल सम्म सम्पादन भएका मुख्य उपलब्धीहरुको बारेमा सभालाई जानकारी गराउनुभउको थियो ।

    गाउँपालिकामा विभिन्न समयमा नागरिकहरुले आफ्नो आवश्यकता अनुसार माग गर्नु भएका योजनाहरुलाई संबोधन गरि सबै वडाहरुलाई समानुपातिक किसिमले कार्यक्रम तथा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

    १५ औ गाउँसभाबाट विभिन्न ८६ वटा कार्यक्रमको लागि ४ करोड ४१ लाख ४९ हजार ३०० रकम विनियोजन गरिएको थियो भने विभिन्न १० वटा कार्यक्रमहरु संशोधन भएका थिए। गाउँसभामा सार्वजनिक सरोकारका विभिन्न विषयहरुमा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend