सुर्खेत । गण्डकी प्रदेश सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई ३-० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेको छ ।
अब आज हुने पहिलो सेमिफाइनलमा गण्डकीले समूह ‘ए’ को विजेता एपिएफको सामना गर्नेछ। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।