Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण


२५, पुस २०८०
  • 146
    SHARES
  • सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण

    बाँके । नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको हो ।

    उक्त आश्रममा रहेका दुई सय २३ ज्येष्ठ नागरिक तथा बालबालिकालाई सेनाले लत्ताकपडा वितरण गर्नाका साथै एक छाक दिवा भोजन पनि गराएको नील सागर मानव सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार सेनाले अत्यावश्यकीय खाद्यान्नसमेत वितरण गरेको थियो । “यो जाडोमा सेनाले हाम्रो आश्रममा रहनुभएका आमाबुबा र बालबालिकालाई कपडा वितरण गर्नु भनेको हामीप्रति उहाँहरुको माया र सम्मान झल्किएको छ”, अध्यक्ष खनालले भन्नुभयो, “कपडासँगै सेनाले खाद्यान्नसमेत वितरण गरेको हुँदा यसले हामीलाई धेरै नै राहत पु्र्‍याएको छ ।”

    सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पुर्‍याउँछ भन्ने उद्देश्यले एकदिने दिवा भोज कार्यक्रम गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जसको कोही हुँदैन उसका साथमा नेपाली सेना सधैँ रहन्छ ।” आश्रममा रहनुभएका साहाराविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई एक्लो महसुस नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँले आफौले नै ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन खुवाउनाका साथै लत्ताकपडा वितरण गर्नुभएको थियो ।

    नेपालगञ्जमा आठ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ बालबालिका र एक सय ६० ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ । दाताको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धालाई ल्याएर राखिने गरिन्छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend