Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पानी परीक्षण प्रयोगशाला स्थापना


२५, पुस २०८०
  • 130
    SHARES
  • पानी परीक्षण प्रयोगशाला स्थापना

    पाल्पा । स्थानीयलाई घर–घरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ । 
            
    यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।
            
    प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । 

    पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउनुहुन्छ । यहाँ रहेका मूल, मुहानका पानी नियमित रुपमा परीक्षण गरेर उपभोग गरिने उहाँले बताउनुभयो ।

    पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैनभन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend