Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय


२५, पुस २०८०
  • 154
    SHARES
  • केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय

    कीर्तिपुर । उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ ।

    विश्वविद्यालयका प्राचार्य प्रा. डा. ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ । करिब १२ रोपनी फराकिलो सो जमिन विश्वविद्यालयकै आकर्षक थलो भए पनि जमिनको बनोट नमिलेका कारण उबड खाबड हुनुका साथै वर्षामा पानी जम्ने गर्दथ्यो । 

    “जमिनको सतहलाई थोरै पूर्वतर्फ ओह्रालो बनाउने काम सकेपछि त्यहीँकै मौलिक झार हुर्कन दिएर बस्न हुने बनाउँछौँ, प्राविधिक योजनाअनुसार घाम नछेक्ने गरी ससाना बिरुवा रोप्ने र बस्ने बेन्च मिलाउँछौँ”, प्राचार्य राईले रासससँग भन्नुभयो । जमिन मिलाउने लगायतको काम अहिले धर्म निर्माण सेवा प्रालिले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । 

    सौन्दर्यीकरणसहित त्रिवि अडिटोरियम हलको छाना मर्मत र प्राचार्य कार्यालयमा एक तला थप्ने काम समेत गरी तीनवटा प्याकेजको ठेक्का धर्म निर्माण सेवा प्रालिलाई दिइएको छ । कूल रु १५ लाखको कामका लागि छ महिनाको अवधि तोकिएको जानकारी पनि प्राचार्य राईले दिनुभयो । 

    बल्खुबाट दक्षिणतर्फ कीर्तिपुरसम्म र बागमतीको पश्चिमी किनारादेख चोभारको सीमासम्म गरी कूल तीन हजार सात सय रोपनी क्षेत्रफल ओगटेको त्रिवि परिसर स्थापनाकालदेखि अहिलेसम्म पनि अव्यवस्थित छ । 

    सबैतिर सीमा पर्खाल नहुनु, जथाभावी आवतजावत हुनु र परिसरमा रूखबिरुवाको व्यवस्थापन उचित नहुने जस्ता कारणले त्रिवि परिसर अव्यवस्थित देखिएको पनि प्राचार्य राई बताउनुहुन्छ । 

    विभिन्न समयमा त्रिवि परिसरको सबैतर्फ पर्खाल लगाउनुपर्ने कुरा उठे पनि धेरै बजेट आवश्यक भएका कारण त्यतिकै सेलाएर जाने स्थिति छ । करोडौँ रुपैयाँ लाग्ने मोटामोटी अनुमान गरिए पनि यसका लागि प्राविधिक अध्ययन नभइसकेको कारण बजेट प्रस्ताव नगरिएको पनि उहाँले बताउनुभयो । 

    परिसरमा आफैँ उम्रिएका झाडीहरु समयमै फाँड्न नसक्दा चितुवाको लुक्ने स्थान र परिसरमा आएर गाँजा खानेहरुको थलो बन्ने जस्तो समस्या पनि त्रिविले भोग्दै आएको छ । गत वर्ष मात्र दुईपटक चितुवा नियन्त्रणमा लिएर वनजन्तुसम्बद्ध निकायलाई हस्तान्तरण गरिएको छ । यसै गरी बेवारिसे छाडिएका गोरुहरु त्रिवि परिसरभित्र दुर्घटना तथा चितुवा पल्काउने प्रमुख कारण बन्न पुगेका छन् । 

    यस्ता समस्यालाई निराकरण गर्न झाडी फाँड्न सुुरु गरिए पनि ठूलो क्षेत्र भएका कारण काम नसकिएको पनि प्राचार्य राई बताउनुहुन्छ । लामो समयदेखि व्यवस्थित क्याप्टेरिया नहुनुको अप्ठ्यारो पनि त्रिविले व्यहोर्दै आएको छ । 

    त्यसको समाधानका लागि क्याप्टेरिया निर्माणतर्फ पनि त्रिवि लागिपरेको जानकारी प्राचार्य राईले दिनुभयो । यसका लागि पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा रहेको त्रिविको आधिकारिक परामर्शदातृ विभाग अध्ययन गरिरहेको र प्रतिवेदन दिन बाँकी रहेको पनि उहाँले बताउनुभयो । 

    वि.सं २०२७ मा तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको क्याप्टेरियामा विद्यार्थीलाई प्रतिछाक रु तीनमा खान खुवाउने गरिन्थ्यो । चरम घाटामा गएको र प्रयास गर्दा पनि नसुध्रिएको भन्दै २०४८ सालमा तत्कालीन उपकुलपति केदारभक्त माथेमाले क्याप्टेरिया बन्द गराउनुभयो । उक्त भवनमा अहिले निजी स्तरमा दुईवटा चिया खाजा पसल चलिरहेका छन् । 

    “कोही प्रतिष्ठित अतिथि विश्वविद्यालय भ्रमणमा आएका बेला गुणस्तरीय र सुरक्षित ढङ्गले भोजन गराउने अवस्था नभएका कारण क्याप्टेरिया निर्माणको तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । विश्वविद्यालय परिसरको मुख्य स्थानमा सिसिटीभी क्यामेरा जडानको तयारी पनि प्राचार्य कार्यालयले थालेको छ । 

    यसको परामर्शदाताका रुपमा त्रिविअन्तर्गतको आङ्गिक क्याम्पस पुल्चोकले काम गर्ने जनाइएको छ । सार्वजनिक शौचालय र पाँच सय जना अट्ने छात्रवासको निर्माण गर्ने योजना पनि त्रिविको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend