Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० माघ २६ गतेदेखि तिलोक्तमा हुने


२५, पुस २०८०
  • 248
    SHARES
  • मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० माघ २६ गतेदेखि तिलोक्तमा हुने

    बुटवल । राष्ट्रिय खेल भलिबलको क्रेज रहेको रुपन्देहीमा लामो समय पछाडी प्रतियोगिता हुने भएको छ ।

    प्रतियोगिता प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, नेपाल भलिबल संघको समन्वय र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ देखि फागुन २ गतेसम्म नवौ संस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

    प्रतियोगिताको विभिन्न उपसमिति गठन गरी परिचालन भएको बुधबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो । वि.सं २०६४ सालपछि यस क्षेत्रका खेलप्रेमीहरुलाई भलिबलका चाख मेटाउने बताउनुभयो । 

    प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ गरी ३ विभागीय टिमसहित कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश गरी सातै प्रदेशका गरी १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, कप, मेडल प्रमाणपत्र, उपविजेता टिमले नगद १ लाख ५० हजार, रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरी तृतीय टिमले नगद १ लाख तथा सान्त्वना टिमले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताइएको छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्भर, स्पाईकर, डिफेन्स, ब्लकर, सेटर, प्रशिक्षक तथा अनुशासित खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

    एकैपटक २ हजार ५ सय जना दर्शकले सहज ढंगबाट हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको बताउदै तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ३० हजार रुपैया खर्च हुने बताइएको छ ।

    प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई यातायात, खाना र बसोबासको समेत ब्यवस्थापन आयोजकबाट गरिएको जानकारी दिए ।

    यसैगरी खेलाडीलाई १ लाख सम्मको दुर्घटना बिमा गरिएको, प्रतियोगिताको मुख्य प्रायोजकलाई ५ लाख तथा सहप्रायोजनको ३ लाख रुपैया तथा ब्यानरमा १५ हजार रुपैया तोकिएको जानकारी दिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend