रोल्पा। परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन भएको छ। शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा एक कार्यक्रमको बीच बुधबार उद्घाटन भएको हो।
परिवर्तन गाउँपालिकाको व्यवस्थापन तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० पुष २५ देखि २८ गतेसम्म परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी हुने भएको छ।
धामाचौरमा बुधबारूस्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुदूभन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नु भएको थियो ।
परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिका भित्रका जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,परिवर्तन गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी,सुरक्षाकर्मी पत्रकार,व्यापारी तथा बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी रुपमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले विद्यार्थीको शिक्षा र खेलकुदको विकास गर्न चाहेको बताउदै शिक्षासँगै विद्यार्थीमा खेलकुदमा पनि समावेश गर्न परिवर्तन गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरी खेलकुद कार्यक्रम गर्दै आएको र अहिले लगानी पछी देखिने समेत बताउनु भएको छ।
परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएमले विद्यार्थी जीवनबाटै धेरै विद्वान व्यक्तिहरुको इतिहास सुरु भएको बताउदै विद्यार्थीले खेलकुदमा सहभागी भएर भबिस्यमा राम्रो खेलाडी उत्पादन भएमा त्यो यहीँ क्षेत्र अर्थात् राष्ट्रपति रनिङ शिल्ड बन्ने र विद्यार्थी राष्ट्रको गहना र भविष्यको कर्णधार भएको समेत बताउनु भएको छ।
परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हित कुमारी बुढा मगरले खेलकुद क्षेत्र विद्यार्थीको शारीरिक,भावनात्म रूपमा सम्बन्ध राख्ने बताउदै एक विद्यालयको खेलाडी र अर्को विद्यालयको खेलाडी बीच भेटघाट गर्ने र चिन्ने अवसर मिल्ने समेत बताउनु भएको छ।
परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले गाउँपालिकाले खेलकुद क्षेत्रमा लगानी गरी रहेको र केही दिन अगाडि मात्र अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेको र आज देखि सुरु भएको प्रतियोगिताबाट छनोट भइ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड,प्रदेश स्तरीय खेलकुद र राष्ट्रिय स्तरको खेलकुदमा सहभागी हुने समेत बताउनु भएको छ।
कार्यक्रममा जनसेवा नमूना माविका प्रधानाध्यापक भिम प्रकाश पुनले माध्यमिक विद्यालयहरुको खेलकुद क्षेत्रको प्रतिस्पर्धा हुने भएको बताउदै निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने आयोजनाकको दायित्व रहेकोले जसलाई पनि सहभागी विद्यालयलाई जित्ने उत्साह हुने भएकोले त्यसको दाबीमा आफ्नो विद्यालय रहेको समेत बताउनु भएको छ।
नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका उपसभापति कुलबीर घर्ती मगरले खेलकुद राष्ट्रको गहना भएको बताउदै खेलमा साना विवादले ठूलो जोखिम निम्त्याउने भएको आयोजक सजग हुने बताउनु भएको छ।नेकपा एमाले परिवर्तन गाउँपालिकाका प्रतिनिधि तिल बहादुर पुनले खेलकुद प्रतियोगितामा हार र जित दुबै हुने भएकोले त्यसलाई दुबै पक्षले स्वीकार गर्नुपर्ने बताउनु भएको छ।
नेकपा परिवर्तन गाउँ कमिटीका इन्चार्ज पृथ्वी डाँगी सीले परिवर्तन गाउँपालिका शहिदको नाम बाट नामकरण भएको र शहिदको सम्मान भएको बताउदै नाम जस्तै खेलकुद क्षेत्रमा पनि राम्रो काम गर्दै आएको र अनुशासन पूर्वक खेल खेल्न सकिएन भने खेलकुद क्षेत्रमा सहभागी भएको समेत महत्त्व नहुने बताउनु भएको छ।
परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा परिवर्तन गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।पुष २६ गते बिहान आठ बजेदेखि राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका प्रतियोगिताहरु सञ्चालन हुने बताइएको छ।
परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० उद्घाटन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम शाही ठकुरीले गर्नु भएको थियोे भने परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव ललित बुढा मगरको स्वागत मन्तव्य दिनु भएको थियो ।
