काठमाडौं। कोपा इटालियामा पराजित भएसँगै एसी मिलान प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोल अन्तरले हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको हो ।
पहिलो हाफको ४५ औं मिनेटमा एसी मिलानले अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।
४५ औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
५७ औं मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो ।
सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए । सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ ।