Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कफी खेतीमा गवारोको प्रकोप


२६, पुस २०८०
  • 180
    SHARES
  • कफी खेतीमा गवारोको प्रकोप

    गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । 

    चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले किसानलाई कफीका बिरुवा र बोट जोगाउन समस्या भएको कफी विकास केन्द्र, आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिनुभएको छ । 

    कफीमा पर्याप्त मात्रामा छहारी नहुँदा चिसो मौसममा गवारोले आक्रमण गर्ने गरेको उहाँ बताउनुहुन्छ । “तुसारो र गवारोबाट जोगाउन कफीका बिरुवा र बोटलाई छहारी दिने खालका रुख तथा बिरुवा लगाउनुपर्छ”, प्रमुख आचार्यले भन्नुभयो । 

    कफीखेतीबाट मनग्य आम्दानी हुने हुँदा किसानले कफीखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन थालेका छन् । स्थानीय पालिकाले पनि व्यावसायिकरूपमा कफीखेती गर्ने किसानलाई बिरुवामा अनुदान उपलब्ध गराउने नीति बनाएका छन् । तर छहारी र सिँचाइ अभावमा कफीका बिरुवा जोगाउन मुस्किल भएको किसानको गुनासो छ । 

    रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी मना भट्टराईले चिसो मौसम सुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गवारोले सताउने गरेको बताउनुभयो । तुसारो र छहारीको समस्याका कारण अधिकांश कफीका बोटमा पात पहेँलो हुने र बोट विस्तारै सुक्दै जाने समस्या देखिएको उहाँको भनाइ छ ।

    लामो समयदेखि व्यावसायिकरूपमा कफीखेती गर्दै आउनुभएका मुसिकोट नगरपालिका–३ का पदमपाणि घिमिरेको समस्या पनि भट्टराईको जस्तै छ । उहाँको बगैँचामा अहिले सात सयभन्दा बढी कफीका बोट छन् । कफी बगैँचामा गवारोको प्रकोप देखिन थालेपछि घिमिरले प्राविधिकलाई समस्याबारे जानकारी गराएको बताउनुभयो ।

    जिल्ला सदरमुकाम र स्थानीय पालिकामा आयोजना हुने कफीका कार्यक्रममा अधिकांश कफी किसानले गवारो कफीखेतीका लागि मुख्य समस्या भएको भन्दै गुनासो गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गङ्गाकुमारी पोख्रेलले जानकारी दिनुभयो ।

    केन्द्रले जिल्लामा कफीखेतीबाट कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भनेर किसानलाई बिरुवामा अनुदानका साथै प्राविधिक ज्ञान र सीप उपलब्ध गराउँदै आएको छ । 

    किसानले गरेको मेहनतको आधारमा कफीबाट सोचेजस्तो प्रतिफल हात पार्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । कफी किसानले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एउटा ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । 

    गुल्मीमा हाल दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रिक टन कफी उत्पादन भएको छ । जिल्लामा फ्रेसचेरी कफीको मूल्य प्रतिकिलो रु एक सय, ड्राइचेरीको रु एक सय ५० र पार्चमेण्ट कफीको मूल्य प्रतिकिलो रु पाँच सय रहेको छ । 

    पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले समेत जिल्लामा कफीको अनुसन्धानसँगै कफीखेती विस्तारमा काम गर्दै आएका छन् । जिल्लामा एक हजार आठ सयभन्दा बढी किसान र विभिन्न सङ्घसंस्था कफीखेतीमा संलग्न रहेको बताइएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend