Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माघ दोस्रो साता नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता


२६, पुस २०८०
  • 160
    SHARES
  • माघ दोस्रो साता नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता

    बाँके । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा ११ देखि १३ माघसम्म नेपालगन्जको कभर्डहलमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

    बुधवार आयोजित पत्रकार सम्मेलनमा पाँच प्रतिस्पर्धाको भिडन्त हुने जानकारी गराइएको छ । पुरुष एकल, महिला एकल, पुरुष युगल ,पुरुष युगल बी तथा ४५ वर्षभन्दा माथिको भेट्रान्स  प्रतिस्पर्धाका खेल हुने छन । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायरहरूले सञ्चालन गर्ने सो प्रतियोगितामा देशभरिका १ सय ५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् मुख्य प्रवर्द्धक रहेको सो प्रतियोगिता आयोजनाका लागि विभिन्न व्यक्ति तथा संस्थाले समेत सहयोग गरेका छन् । 

    लुम्बिनी प्रदेशले नै नेपाली ब्याडमिन्टनमा भिन्न र पृथक् पहिचान बोकेको छ । साथै सो प्रदेशमा ब्याडमिन्टन अत्यन्त लोकप्रिय समेत छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल बाँकेका १८ पुरुष तथा ४ महिला खेलाडीले अन्तर्राष्ट्रिय तहमा सहभागिता जनाइ सकेका छन् ।

    राष्ट्रिय स्तरमा च्याम्पियन हुने खेलाडी जन्माइ सकेको बाँकेका खेलाडीले १० औ दक्षिण एसियाली ब्याडमिन्टन प्रतियोगितामा कांस्य पदक समेत जिती सकेका छन् । 

    लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय प्रकाश भट्टराईले लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै प्रतियोगिता सञ्चालन हुने ब्याडमिन्टनको राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न पाउँदा गौरवको अनुभव भएको बताउनुभयो ।

    उहाँले राष्ट्रिय स्तरमा प्रतिभाशाली खेलाडी जन्माउन तथा लुम्बिनी प्रदेशको ब्याडमिन्टन खेलमा पृथक् पहिचान बनाउन प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend