Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दोस्रो दिन पनि जारी


२६, पुस २०८०
  • 180
    SHARES
  • परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दोस्रो दिन पनि जारी

    रोल्पा।परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज दोस्रो दिन पनि जारी रहेको छ।

    "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद"भन्ने मुलनाराको साथ परिवर्तन गाउँपालिका रोल्पाको व्यवस्थापन तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा २५ पुष देखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० शहिद स्मृती रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा बिहीबार दोस्रो दिन पनि जारी रहेको हो।

    आज दोस्रो दिन राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा समावेश भएका खेलकुद मध्ये छात्र भलिबल,कबड्डी र मार्सल आर्ट तर्फ कराँते छात्र र छात्रा तथा छात्र एकल काँटा र छात्रा एकल काँटा सञ्चालन भएका छन।

    छात्र भलिबलको नकआवट चरणको गेम सकिएको छ।जसमा बाल शिक्षा मावि इरिबाङ क्वाटर फाइनल प्रवेश गरेको छ भने बाल कल्याण मावि कुरेली नकआवट भएको छ।

    नेपाल राष्ट्रिय नमूना मावि राङ्कोट क्वाटर फाइनल प्रवेश गरेको छ भने जनसेवा नमूना मावि राङ्सी नकआवट भएको छ।जनता मावि इरिबाङ बागमारा क्वाटर फाइनलमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि इरिबाङ नाफे नकआवट भएको छ।

    दिव्य ज्योति मावि माइस्थान पाछाबाङ क्वाटर फाइनल प्रवेश गरेको छ भने जन कल्याण मावि धानाबारा कुरेली नकआवट भएको छ।

    नकआवट चरणको गेमको १ देखि १६ वटा चिट्ठा बनाएर परिवर्तन गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुलाई चिट्ठा टिपाउँदा ४ वटा विद्यालय बाई परेका थिए।जसमा राष्ट्रिय मावि केवरी इरिबाङ,नेपाल राष्ट्रिय मावि रामखुङ राङ्सी,जन ज्योति मावि आरखोला पाछाबाङ र जन कल्याण मावि त्रिवेणी राङकोट रहेका छन।

    त्यस्तै छात्र भलिबल प्रतियोगिताको क्वाटर फाइनलको खेलकुद समेत भएको छ।जसमा बाल शिक्षा मावि इरिबाङ सेमीमा प्रवेश गरेको छ भने राष्ट्रिय मावि केवरी इरिबाङ नकआवट भएको छ।

    नेपाल राष्ट्रिय नमूना मावि राङ्कोट सेमीमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि रामखुङ राङ्सी नकआवट भएको छ। दिव्य ज्योति मावि माइस्थान पाछाबाङ र जन ज्योति मावि आरखोलाले एक एक सेट जितेको हुनाले भोलि हुने भएको छ।छात्र कबड्डी प्रतियोगिताको पनि नकआवट चरणको खेल भएको छ।

    जसमा जनता मावि बागमारा क्वाटर फाइनल प्रवेश गरेको छ भने जन ज्योति मावि आरखोला नकआवट भएको छ।जनसेवा नमूना मावि राङ्सी क्वाटर फाइनलमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि रामखुङ नकआवट भएको छ।

    बाल कल्याण मावि उपबाङ क्वाटर फाइनलमा प्रवेश गरेको छ भने जन कल्याण मावि त्रिवेणी नकआवट भएको छ।जनसेवा नमूना मावि राङ्सी क्वाटर फाइनलमा प्रवेश गरेको छ भने राष्ट्रिय मावि केवरी नकआवट भएको छ।

    छात्र कबड्डी प्रतियोगितामा बाई परेका ४ वटा विद्यालय नेपाल राष्ट्रिय मावि नाफे,दिव्य ज्योति मावि माइस्थान,जन कल्याण मावि धानाबारा र नेपाल राष्ट्रिय नमूना मावि मौलाबोटको भोलि हुने भएको छ।

    मार्सल आर्ट तर्फको कराँते प्रतियोगिताको छात्र ४२ केजी,४७ केजी,५२ केजी,५७ केजी,६२ केजी र एकल काँटा सम्पन्न भएको छ भने कराँते छात्रा ४० केजी,४५ केजी,५० केजी,५५ केजी,६० केजी र एकल काँटा समेत सम्पन्न भएको छ।जसमा १२ वटा गोल मेडलमा १० वटा आफ्नो पोल्टामा पार्दै बाल कल्याण मावि कुरेली उपबाङले खाता खोलेको छ।

    १ वटा गोल मेडल आफ्नो पोल्टामा पार्दै जन कल्याण मावि धानाबाराले पनि खाता खोलेको छ भने दिव्य ज्योति मावि माइस्थानले पनि आफ्नो पोल्टामा १ वटा गोल मेडल प्राप्त गर्दै खाता खोलेको छ।received_1787046685093659.jpegreceived_2080012769039132.jpegreceived_938908694466666.jpegreceived_1075504606973279.jpeg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend