Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माघीको तयारीमा थारू समुदाय


२७, पुस २०८०
  • 312
    SHARES
  • माघीको तयारीमा थारू समुदाय

    घोराही। दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । 

    थारू बस्तीमा माघी पर्वका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, विभिन्न परिकार बनाउनका लागि कुटानीपिसानी, माछामासुलगायतको तयारीमा जुटेका हुन् । 

    माघी नजिकिन थालेपछि तयारीमा जुटेको घोराही उपमहानगरपालिका–२ निवासी सीता चौधरी बताउनुहुन्छ । उहाँका अनुसार माघीका लागि दुनाटपरी बनाउनेदेखि जङ्गलबाट दाउरा ल्याएर ढिक्री, रोटी बनाउनका लागि कुटानीपिसानीलगायतको तयारीमा लागेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “माघी हाम्रो मुख्य पर्व हो, घरमा सबै जम्मा हुने, मिठो परिकार बनाएर खाने र गाउँघरमा नाचगान गर्ने गर्दछौँ ।” 

    माघी नजिकिँदै गर्दा दाङसँगै देउखुरी क्षेत्रमा माघी पर्वलाई उल्लासका साथ नाचगान गर्दै थारू समुदायले मनाउन थालेको थारू अगुवा तथा मटौवा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ ।

    उहाँका अनुसार जिल्लाका विभिन्न स्थानमा थारू कला संस्कृति संरक्षणका लागि महोत्सवको आयोजनासँगै गाउँघरमा नाचगान सुरु भएको छ । थारू बस्तीमा संस्कृति झल्कने वेशभूषासहित मघौटा, सखियालगायतका नाचगानसँगै शुभकामना आदानप्रदानका कार्यव्रmम भइरहेका छन् । 

    माघी पर्व थारू समुदायको मुख्य पर्व भएकाले दसैँतिहारमा घर नआएका व्यक्तिसमेत माघीमा आफ्नो घर आउने र परिवारसँग बसेर रमाइलो गर्ने गर्छन् । उहाँले भन्नुभयो, “माघी पर्व नजिकिएसँगै थारू बस्तीमा नाचगानसँगै माघी मिलन तथा शुभकामनाका कार्यव्रmम  भइरहेका छन् । 

    यसले थारू बस्तीमा उत्साह थप्ने काम गरेको छ ।” उहाँका अनुसार माघीका अवसरमा थारू समुदायले वर्ष दिनको योजना बनाउने गर्छन् । त्यही योजना अनुसार परिवारका सदस्य आआफ्नो काममा लाग्ने, परिवार छुट्टिने, खेतबाली लगाउनेलगायतका महìवपूर्ण निर्णय हुने गरेको अगुवा चौधरी बताउनुहुन्छ । 

    त्यसै गरी घोराही उपमहानगरपालिका–१७, ढिकपुर निवासी खुमबहादुर चौधरी पनि माघी पर्व नजिकिएसँगै थारू बस्तीमा तयारीमा जुटेको बताउनुहुन्छ । माघी पर्वलाई उत्साहका रूपमा मनाउनका लागि घरका लागि आवश्यक मासु, कुटानीपिसानीलगायतका तयारी भइरहेको उहाँ बताउनुहुन्छ । 

    माघी पर्वमा थारू समुदायले विशेष परिकारका रूपमा ढिक्री, माछा, घुँगी, सुँगुर वा बङ्गुरको मासु, जाँडलगायतका परिकार बनाउने र खाने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर (गाउँको अगुवा) र गुरुवा चयन गर्ने गरिन्छ ।

    माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने प्रचलन रहेको मटौवाँ महासङ्घ दाङका अध्यक्ष चौधरी बताउनुहुन्छ । 

    थारू समुदायको माघी पर्वका अवसरमा माघको १ गते बिहानै पोखरी वा तलाउमा स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ ।

    माघ २ गते पर्वको अन्तिम दिन एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी आगामी वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको काम हुने गर्दछ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend