रोल्पा।परिवर्तन गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज तेस्रो दिन पनि जारी रहेको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वबधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजना र परिवर्तन गाउँपालिकाको व्यवस्थापनमा सुरु २५ पुष देखि सुरु भएको हो।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुदूभन्ने मुलनाराका साथ सहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा बिहीबार पनि जारी रहेको छ।तेस्रो दिनमा भएको प्रतियोगिता छात्रा भलिबल अन्तिम चरणमा पुगेको छ।जसमा जनता मावि बागमारा र बाल शिक्षा मावि इरिबाङ थुनिकोट छात्र भलिबलको फाइनलमा पुगेका छन।
छात्र भलिबलको फाइनलको तृतीय नेरा नमूना मावि मौलाबोट भएको छ भने सान्त्वना जन ज्योति मावि आरखोला भएको छ।सतफूत छात्रा १२ पाउन्ड र छात्रा सतफूत ८ पाउन्ड जारी रहेको छ।
छात्र तथा छात्रा दौड प्रतियोगिता जारी रहेको छ।छात्रा भलिबलको नकआवत चरणको खेल जारी रहेको छ।उसु छात्र तथा छात्रा प्रतियोगिता सम्पन्न भएको छ।कबड्डी छात्र तथा छात्रा प्रतियोगिता जारी रहेको छ।कबड्डी छात्र तथा छात्रा प्रतियोगिता जारी रहेको छ।एथलेटिक्स प्रतियोगिता जारी रहेको छ।



