Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी


२८, पुस २०८०
  • 139
    SHARES
  • अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी

    काठमाडौँ । आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुदै छ । आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ ।

    आज उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी-बिसाउसँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार रति १: ४५ बजेदेखि हुदैछन् ।

    प्रतियोगिताको समुह ए मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र गिनी-बिसाउ रहेका छन् भने समुह बी मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् । त्यस्तै समुह सी मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह डी मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

    त्यसैगरी समुह ई मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् भने समुह एफमा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् । प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता राउण्ड १६ मा पुग्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देशले राउण्ड १६ मा स्थान बनाउने छन् ।

    अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २-२ पटक जितेका छन् ।

    त्यस्तै जाम्बिया, ट्युनिसिया, सुडान, सेनेगल, इथोपिया, मोरक्को दक्षिण अफ्रिका र कंगोले एक एक पटक जितेका थिए । सेनेगल अफ्रिकन कपको डिफेन्डिङ च्याम्पियन हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend