Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

२०२४ विश्व इतिहासकै सबैभन्दा ठुलो निर्वाचन बर्ष


२८, पुस २०८०
  • 209
    SHARES
  • २०२४ विश्व इतिहासकै सबैभन्दा ठुलो निर्वाचन बर्ष

    काठमाडौँ । सन् २०२४ विश्वको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्ष साबित हुन गइरहेको छ । यो वर्ष ६४ देश (र युरोपेली संघ) मा राष्ट्रपति वा संसदीय निर्वाचन हुनेछन् ।

    यस बर्ष विश्वको कुल जनसंख्याको ४९ प्रतिशतले मतदानको अधिकार प्रयोग गर्नेछन् । बंगलादेशमा आम चुनाव भइसकेकाले हामीले यो संख्या ६२ देश र युरोपेली संघको रूपमा पनि हेर्न सक्छौं ।

    ताइवान जस्ता केही देशको निर्वाचनलाई विश्वमा शान्ति कायम गर्ने दृष्टिकोणबाट हेर्न सकिन्छ । यस बर्ष अमेरिका, बेलायत र रुस जस्ता ठुला देशमा आम निर्वाचन हुने छ ।

    अमेरिकी निर्वाचनमा जो बाइडेनले राष्ट्रियको रुपमा आफ्नो दोस्रो कार्यकालका लागि प्रयास गरिरहेका छन् भने उनलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चुनौती दिइरहेका छन् । त्यस्तै बेलायतमा प्रधानमन्त्री ऋषि सुनकका लागि पनि सत्तामा रहिरहन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

    सुनकले विपक्षी दलका अलावा आफ्नै पार्टी भित्र पनि ठुलो चुनौतीको समान गर्नुपर्ने बताइएको छ । त्यस्तै रुसमा राष्ट्रपति निर्वाचन मार्च १७ मा हुदै छ । यस निर्वाचनले भ्लादमिर पुटिनको अर्को कार्यकालको सुनिश्चितता गर्ने छ । त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको देश भारतमा पनि यस बर्ष लोकसभा चुनाव हुदै छ ।

    सम्भवत अप्रिल या मे मा हुने यस निर्वाचनले नरेन्द्र मोदीको तेस्रो कार्यकालको निर्णय गर्ने छ । त्यस्तै हाल युद्धमा रहेको युक्रेनमा पनि मार्च ३१ मा राष्ट्रपतीय निर्वाचन हुदै छ । यस निर्वाचनमा भोल्दोमिर जेलेन्स्कीले फेरी जित्ने अपेक्षा गरिएको छ ।

    युद्धमा उनले रुसविरुद्ध खेलेको भूमिकाका कारण पनि आम जनताको उनी प्रति सहानुभूति रहेको छ ।

    त्यस्तै इरानमा मार्च १ मा, युक्रेनमा माढ़च ३१ मा, श्रीलंकामा, युरोपियन युनियनमा जुन ६ देखि ९ सम्म, ताइवान, इन्डोनेसिया, मेक्सिको, दक्षिण कोरिया, अल्जेरिया, उज्बेकिस्तान, घाना, मोजाम्बिक, मेडागास्कर, भेनेजुएला, उत्तर कोरिया, सिरिया, माली, रोमानिया, सेंगेला, रुवाण्डा, ट्युनिसिया, बेल्जियम, डोमोनिक रिपब्लिक, जोर्डन, साउथ सुडान, चेक रिपब्लिकलगायतका देशमा यस बर्ष निर्वाचन हुदै छ ।

    त्यस्तै अजरबैजान, पोर्चुगल, बेलारुस, टोगो, अस्ट्रिया, स्लोभाकिया, फिनल्याण्ड, मौरेटानिया, पानामा, क्रोसिया, जर्जिया, मंगोलिया, उरुग्वे, मोल्दोवा, लिथुआनिया, नामिबिया, गिनी बिसाउ, नर्थ मेसेडोनिया, मरिसस, कोमरोससोलोमन आइल्याण्ड, आइसल्याण्ड जस्ता देशमा पनि यस बर्ष आम निर्वाचन हुदै छ ।

    त्यस्तै बंगलादेश, भुटान जस्ता देशमा यस बर्षको शुरुमै निर्वाचन सम्पन्न भइसकेको छ । (एजेन्सीहरुको सहयोगमा)

  • साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

    काठमाडौँ । नेपाली राजदूतावास साउदी अरेबियाले त्यहाँको सेन्दान इन्टरेनशनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश

  • एमसीसीका केही कार्यक्रम अगाडि बढाउन अमेरिकाले दियो अनुमति

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट

  • बेलायतमा नेपाली विद्यार्थी ठगिने क्रम जारी, दूतावासले गर्‍यो कारबाहीको पहल

    लन्डन । बेलायतमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरू ठगिने क्रम बढ्दै गएको छ । बेलायतका विभिन्न

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend