Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बेलायतमा नेपाली विद्यार्थी ठगिने क्रम जारी, दूतावासले गर्‍यो कारबाहीको पहल


२५, फागुन २०८१
  • 135
    SHARES
  • बेलायतमा नेपाली विद्यार्थी ठगिने क्रम जारी, दूतावासले गर्‍यो कारबाहीको पहल

    लन्डन । बेलायतमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरू ठगिने क्रम बढ्दै गएको छ ।

    बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीमाथि विभिन्न एजेन्टहरूमार्फत ठगी भइरहेको विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा बाहिरिएपछि लन्डनस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।

    पछिल्लो समय 'यूके काण्ड'को नाममा करोडौं ठगी गरेको तथ्य विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा आएलगत्तै दूतावासले यस विषयमा अग्रसरता देखाएको हो । ‘नेपाली विद्यार्थीहरू दशकौँदेखि बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययन गर्न आइरहेका छन् र यो प्रवृत्ति जारी छ’, दूतावासको वक्तव्यमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरूलाई बेलायतका विश्वविद्यालय र कलेजहरूमा अध्ययनको व्यवस्था गर्ने वाचा गरेर ठग्नु निन्दनीय र कसुरजन्य छ ।’

    विद्यार्थी ठगी गर्नेहरूलाई कारवाहीका लागि आवश्यक कदमहरू चाल्न नेपाल र बेलायतका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । सम्भावित ठगीको जोखिमबाट जोगिन आवश्यक सचेतना अपनाउन पनि दूतावासले विद्यार्थीहरूलाई आग्रह गरेको छ। 

    अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् भनेर सुनिश्चित गर्न र शुल्क संरचना, भर्ना प्रक्रिया र अन्य सम्बन्धित विषयहरूबारे पर्याप्त जानकारी लिन दूतावासले आग्रह गरेको छ। पछिल्लो समय बढ्दो महँगीका कारण बेलायतको दैनिकी निकै कठिन बन्दै गएको छ । जसका कारण विद्यार्थीहरुको जीवनशैली झन् दयनीय बन्दै गएको हो ।

    विगतमा कोठा नपाएर ठूलो संकट भोगिरहेका उनीहरूलाई अहिले काम पाउन कठिन भइरहेको छ । विदेशी विद्यार्थीका लागि काम गर्ने अवधिको मापदण्ड, महँगी, कोठा भाडामा चर्को वृद्धिजस्ता विविध कारणले कलेजको शुल्क बुझाउन नसक्दा अध्ययनका लागि आउने विद्यार्थीहरूको जीवनयापन निकै कष्टकर बनेको छ । 

    अध्ययनका लागि बेलायत आउने तयारी देखि याहाँ आएर काम नपाउँदाको अवस्थामा पनि विद्यार्थीहरू ठगिने गरेको घटना कुनै नौलो होइन। एअरपोर्टमा उत्रिएदेखि नै उनीहरूलाई ठग्ने कार्य नेपालीहरूद्वारा नै सुरु हुन्छ । पुरुषको तुलनामा महिलाहरू त झन् पढी पीडित हुने गरेका छन् । कोठा नपाउँदाको मौकाको फाइदा उठाएर चर्को रकम लिएर गरिने आर्थिक शोषण मात्र होइन कलेज शुल्क बुझाउन नेपालबाट पैसा मगाउँदा समेत ठग्ने धन्दा पनि उत्तिकै मौलाएको छ । 

    बेलायतमा पाउन्ड दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालमा पैसा लिएर सम्पर्कविहीन हुने प्रवृत्ति पनि उत्तिकै फस्टाएको छ । यहाँ सञ्चालित नेप्लिज इन् यूकेु नामक फेसबुक ग्रुपमा यस्ता घटनाको बारेमा सबुद प्रमाणसहित पीडितले छताछुल्ल पार्ने गरेका छन् । विशेष गरी रोजगारी, कोठाभाडा तथा आफ्ना समस्याको बारेमा पोष्ट गरिने उक्त ग्रुपमा चार महिनादेखि देखि बेरोजगार रहेको भन्दै साजन पन्तले आफ्नो सिभी नै पोष्ट गरेका छन् । 

    कमिलालाई दाना खुवाउने र हात्तीलाई उचाल्ने काम बाहेक जुनसुकै काम गर्न पनि आफू तयार रहेको उनले लेखेका छन् । उनी त एकजना उदाहरणका मात्र हुन्, तर उनीजस्ता हजारौँको संख्यामा नेपाली विद्यार्थीहरूले पीडा भोगिरहेका छन् । 

    बेलायतमा मात्र नभए अन्य मुलुकमा अध्ययन गर्ने नेपाली विद्यार्थीले यस्ता समस्यालाई राम्रोसँग अध्ययन गरी पूर्व तयारी गरेर मात्र जाने हो भने यस्ता समस्याको न्यूनीकरण गर्न सकिन्छ । अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आफू इच्छुक विश्वविद्यालय र कलेजहरू मान्यता प्राप्त छन् भनेर सुनिश्चित गर्न र शुल्क संरचना, भर्ना प्रक्रिया र अन्य सम्बन्धित विषयहरूबारे पर्याप्त जानकारी लिएर मात्र अघि बढ्न विज्ञहरूको सुझाव छ ।

     

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend