Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट सुरु, पहिलोपटक राउण्ड रोविन लिगमा खेल हुँदै


२८, पुस २०८०
  • 107
    SHARES
  • प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट सुरु, पहिलोपटक राउण्ड रोविन लिगमा खेल हुँदै

    काठमाडौं । प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना प्रतियोगिता आजदेखि सुरु भएको हो ।

    प्रतियोगिताका खेलहरु ३ मैदानमा हुनेछन् । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान तथा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा खेल संचालन हुनेछ । पहिलो पटक यस प्रतियोगिता राउण्ड रोविन लिग फर्म्याटमा हुँदैछ । सबै टिमले एक अर्कासँग खेल्न पाउँछन् ।

    एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन तीन खेल हुनेछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच त्रीवी क्रीकेट मैदानमा हुनेछ ।

    उक्त खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बागमतीको कप्तानी रित गौतम र पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीचको खेल भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।

    मुलपानी मैदानमा मधेसले कोशी प्रदेश विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनी र गण्डकीबिचको खेल मौसमका कारण केही ढिला हुने देखिएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend