Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ढोरपाटन महिला भलिबल : ८ टोली प्रतिस्पर्धा गर्ने


२८, पुस २०८०
  • 238
    SHARES
  • ढोरपाटन महिला भलिबल : ८ टोली प्रतिस्पर्धा गर्ने

    काठमाडौं । काठमाडौंमा हुने ढोरपाटन क्लबको आयोजनामा हुने १६औं ढोरपाटन महिला भलिबल डबल लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    शनिबार मुख्य प्रायोजक सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ८ टोलीको सहभागिता रहने बताए ।

    काठमाडौंको गोंगबुमा माघ १२ देखि २२ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका, न्यू डायमण्ड, एन्जल हार्ट, धादिङ स्पोर्टस क्लब, जावलाखेल युथ क्लब तथा परोपकार स्कुल वा काठमाडौं जिल्ला भलिबल संघको सहभागिता रहनेछ ।

    नेपाली घरेलु भलिबलमै सबैभन्दा बढी चर्चित प्रतियोगिताको रुपमा रहेको ढोरपाटन महिला भलिबल लिगको विजेताले नगद ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

    उप–विजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार, चौथो हुनेले ७५ हजार, पाँचौं हुनेले ५० हजार र छैटौं हुनेले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपियाँ र एक्सटेपको जुत्ता प्राप्त गर्ने क्लबका अध्यक्ष छन्त्यालले बताएका छन् ।

    ढोरपाटन लिगको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिता बजेट ५१ लाख रुपियाँभन्दा बढी खर्च हुने अनुमान छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend