Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बालबालिका समूहले गरेको मोटर बाटो मर्मतको अवलोकन र रकम हस्तान्तरण


२९, पुस २०८०
  • 151
    SHARES
  • बालबालिका समूहले गरेको मोटर बाटो मर्मतको अवलोकन र रकम हस्तान्तरण

    रोल्पा।परिवर्तन गाउँपालिका-६ साबिकको इरिबाङ १ ओहमा रहेको नौलो रुप बालबालिका समूहले निर्माण गरेको मोटर बाटो मर्मत तथा सरसफाइ कार्यको अवलोकन र बचत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

    २०८० को तिहारलाई लक्षित गरी बालबालिका समूहले आफ्नो गाउँमा कार्तिक २७ देखि २९ गते सम्म देउसी भैलो खेलेको हो।देउसी भैलो खेली जम्मा भएको रकम ३१ हजार १ सय १० रुपियाँ जम्मा भएको थियोे ।

    सोही रकमबाट ओबाङ हुँदै,खलडाँडा,भलाखर्क हुँदै माडी गाउँपालिका-३ को सिमाना धुमखुसी जोडिएको मोटर बाटोको बीचमा पर्ने धाराखोलामा खह्रेखोलाले कटान गरी ठुला चार पाङ्ग्रे गाडीहरू आवतजावत गर्ने अवस्था थिएन नौलो रुप बालबालिका समूहको आयोजनामा मङ्सिर २० देखि २७ गते सम्म जनश्रमदान मार्फत डुङ्गाको वाल लगाएर आवतजावत सहज बनाएको थियोे।

    अर्को खलडाँडा देखि भलाखर्क सम्म मोटर बाटोको आसपासमा सरसफाइ समेत गरेको थियोे।शनिबार नौलो रुप बालबालिका समूहका सल्लाहकार पञ्चराम पुन मगरको अध्यक्षमा भएको बाटो मर्मत निरीक्षण तथा रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर रहनु भएको थियो।

    विशिष्ट अतिथिमा पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगर,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी र परिवर्तन गाउँपालिका-६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर रहनु भएको थियोे।

    अतिथीहरुमा परिवर्तन गाउँपालिका-६ का महिला वडा सदस्य ओमसरा बुढा मगर,परिवर्तन गाउँपालिका-६ का वडा सदस्य अर्जुन बुढा मगर,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बुढा मगर,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-६ का सभापति वीर बहादुर घर्ती मगर,नेकपा परिवर्तन गाउँपालिका-६ का कार्यवाहक अध्यक्ष रबिन बुढा मगर,नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मनराज बुढा मगर,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सल्लाहकार अमर पुन मगर,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय कार्यसमिति सदस्य तथा मगर मोक्ती मोर्चा दाङ जिल्लाका सदस्य मनिषा पुन मगरको आतिथ्यता रहेको थियो।

    त्यस्तै सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका-६ का अध्यक्ष गगन बुढा मगर,उज्यालो युवा क्लब परिवर्तन गाउँपालिका-६ ओबाङ्का अध्यक्ष सुर्य घर्ती मगर,उज्यालो युवा क्लब परिवर्तन गाउँपालिका-६ ओबाङ्का सचीव प्रकाश केसी,परिवर्तन गाउँपालिका रोजगार शाखाका प्राविधिक कविन्द्र सुनार र परिवर्तन गाउँपालिका पशु सेवा शाखाका प्राविधिक खम ओली लगायत परिवर्तन गाउँपालिका-६ साबिकको इरिबाङ १ ओह गाउँका जेष्ठ नागरिकहरु र बुद्धिजीवीहरु समेत आतिथ्यता रहेको थियो।ओह गाउँ तल्लो टोल पैसरु समूहका अध्यक्ष गोमानसिङ बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको थियोे।

    बाटो मर्मत निरीक्षण तथा रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले पहिले पहिले देउसी भैलो खेलेर जम्मा भएको रकमले भोजभतेर गर्ने,घुमघाम रमाइलो गर्ने,मासु खाने र अनावश्यक खर्च गरेर सक्ने गरेको आफूले पाउने गरेको जिकिर गर्दै आज यो सानो बालबालिका समूहले कुनै खर्च नगरी सबैको लागि मात्र नभएर राज्यलाई नै राहत हुने काम गरेको बताउनु भयो।

    समय परिवर्तन शिल भएसँगै समाजमा चेतनाको विकास भएको बताउदै आज बालबालिका समूहले उदाहरणीय काम गरेर अन्य युवा क्लब र अन्य समूहलाई चेतना सिर्जना गरेकोले जग बसाल्ने काम गरेको र पुरा गर्नेका आफूहरूले गर्ने समेत बताउनुभयो।विशिष्ट अतिथि पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगरले आज बालबालिका समूहले उदाहरणीय काम गरेको देख्दा आफू हर्षित भएको बताउदै अन्य क्लब तथा समूहहरूले पनि यस्ता किसिमको काम गर्नुपर्ने बताउनु भयो।

    अर्का विशिष्ट अतिथि परिवर्तन गाउँपालिका-६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरले आफू निर्वाचित हुनु भन्दा पहिले धेरै क्लब तथा समूहहरु रहेको बताउदै बालबालिका समूहले गरेको काम प्रशंसा गर्न लायक भएकोले अन्य समूहले पनि राज्यलाई सहयोग हुने काम गरी सामाजिक दायित्व पुरा गर्न समेत आग्रह गर्नुभयो।

    नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बुढा मगरले सानो बालबालिका समूहले राज्यलाई राहत हुने काम गरेको बताउदै स्थानीय सरकारले लिएको अभियानमा पनि जोडिएको सफल बनाउन समेत आग्रह गर्नुभयो।नेपाली कांग्रेस परिवर्तन गाउँपालिका-६ का सभापति वीर बहादुर घर्ती मगरले बालबालिका समूहले सराहनीय काम गरेको बताउदै अन्य क्लब तथा समूहले पनि राज्यलाई सहयोग हुने काम गर्नुपर्ने बताउनुभयो।

    नेकपा परिवर्तन गाउँपालिका-६ का कार्यवाहक अध्यक्ष रबिन बुढा मगरले बालबालिका समूहले सामाजिक काम गरेर अन्य क्लब तथा समूहलाई सामाजिक काम गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो।

    अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सल्लाहकार अमर पुन मगरले आफू करिब पन्ध्र बर्ष प्रदेशमा बसेको र आफू जन्मेको हुर्केको गाउँ ठाउँ लगायत इष्टमित्रको याद आउने बताउदै आज समाज निर्माणमा बालबालिका समूहले सामाजिक काम गरेको बताउनुभयो।

    सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका-६ का अध्यक्ष गगन बुढा मगरले आफ्नो वडा भित्र अन्य क्लब तथा समूह धेरै भएको बताउदै यो बालबालिका समूहले राज्यले गर्ने काम गरेको र अरु समूहले पनि राम्रा काम गर्नुपर्ने बताउनुभयो।नौलो रुप बालबालिका समूहले देउसी भैलो बाट २९ हजार १० रुपियाँ जम्मा भएकोमा साउन बक्स १३ हजार ३ सय,बाटो मर्मत गर्दा ट्याक्टर खर्च ११ हजार २ सय,अन्य खर्च ४ हजार ५ सय खर्च गरी १ हजार १ सय १० बचत गरेको थियो।

    त्यस्तै बालबालिका समूहलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सल्लाहकार अमर पुन मगरले ५ हजार रुपियाँ सहयोग गर्नुभएको थियोे।

    सो रकम र बचत रकम पनि ओह गाउँमा क्लब भवन निर्माणका लागि बालबालिका समूहले क्लब भवन निर्माण समितिका अध्यक्ष विकास बुढा मगरलाई ६ हजार १० रुपियाँ प्रमुख अतिथिको हातबाट हस्तान्तरण गरिएको थियोे।बाटो मर्मत गर्न नि:शुल्क ढुङ्गा उपलब्ध गराउने परिवर्तन गाउँपालिका-६ का महिला वडा सदस्य ओमसरा बुढा मगर,बुद्धिजीवी पञ्चराम पुन र जनश्रमदान गर्ने जेष्ठ नागरिक नन्द बहादुर बुढा मगरलाई अबिर लगाएर सम्मान गरिएको थियो।

    बाटो मर्मत निरीक्षण तथा रकम हस्तान्तरण कार्यक्रमको लागि नि:शुल्क यातायात उपलब्ध गराउने अटो सञ्चालक मनराज बुढा मगर र पुणाराम घर्ती मगरलाई समेत अबिर लगाएर सम्मान गरिएको थियोे।

    देउसी भैलो कार्यक्रममा १ हजार रुपियाँ सहयोग गर्ने सहयोगी दातालाई समेत सम्मान गरिएको थियोे।कार्यक्रम सञ्चालन पत्रकार सुर्य प्रकाश बुढा मगरले गर्नु भएको थियोे।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend