Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उधोग वाणिज्य संघ गुल्मीद्धारा तीन जना कृषक सम्मानित


२९, पुस २०८०
  • 219
    SHARES
  • उधोग वाणिज्य संघ गुल्मीद्धारा तीन जना कृषक सम्मानित

    गुल्मी । उधोग वाणिज्य संघ गुल्मीले कृषिको ब्यबसायिक उत्पादन र बजारीकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने तीन जना कृषकलाई सम्मान गरेको छ ।

    गुल्मी उद्योग वाणिज्य संघले आफ्नो ३२ औ वार्षिक साधारण सभाको अवसर पारेर यस जिल्लाका तीन उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

    संघको ३२ औं साधारणसभाको अवसरमा धुर्कोट गाउँपालिका वडा नम्बर-५, बस्तुमा सञ्चालित आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरेलाई सम्मान गरिएको छ । घिमिरेले कृषि क्षेत्रको दुग्ध उत्पादन तथा वितरण गर्दै आउनुभएको छ ।

    त्यस्तै, इस्मा गाउँपालिका वडा नम्बर-३, मा सञ्चालित ग्यालेक्सी कृषि फार्मका सञ्चालक गोकर्ण नेपालीलाई सम्मान गरिएको छ । नेपालीले कृषि क्षेत्रको घाँस नर्सरी तथा फूल खेती गर्दै आउनुभएको छ । मदाने गाउँपालिका वडा नम्बर-३ का प्रेम अर्याललाई पनि सम्मान गरिएको छ । अर्यालले कफी खेती गर्दै आउनुभएको छ ।

    कृषकहरुलाई प्रोत्साहन गर्दै व्यवसायिक र कृषि पेशामा उर्जाका साथ लाग्न प्रेरणा मिलोस् भन्ने उदेश्यले उहाँहरुलाई सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

    सम्मानित हुनुहुने तीन जना कृषकलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलद्वारा नगदसहित दोसल्ला र सम्मान/पत्र प्रदान गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले सामाजिक विकासमा संघले खेलेको भूमिका सह्रानीय रहेको र आगामी दिनमा पनि समाज र सदस्यको हितको पक्षमा काम गर्नुपर्ने बिचार ब्यक्त गर्नु भयो ।

    उहाँले केहि समय यता गुल्मी जिल्लामा महोत्सब लगायत बिभिन्न अभियानको नाममा ब्यक्तिगत स्वार्थ पुरा गर्ने प्रवृतिले नक्कली सामागी ल्याएर गुल्मेली जनता ठग्ने कार्य भैरहेकोले त्यस्ता क्रियाकलापलाई रोक्न जिम्मेवार निकाय र वाणिज्य संघले पहल गर्नुपर्ने बताउनुभयो ।

    उधोग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलको अध्यक्षता सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा ,उधोग वाणिज्य क्षेत्रका संघ संस्थाका प्रतिनिधि उपस्थिति रहेको साधारणसभामा गुल्मी उद्योग वाणिज्य संघले हालसम्म सम्पन्न गरेका गतिविधि र आगामी दिनमा संचालन गरिने योजनाको बारेमा पनि जानकारी गराइएको थियो ।२ .jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend