Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई हरायो


२९, पुस २०८०
  • 143
    SHARES
  • प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई हरायो

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो ।

    जितको लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफको जितमा सन्दीप जोराले गर्दै १ सय १२ रनको शतकीय इनिङ खेले ।

    त्यस्तै आइतबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

    कर्णालीको जितमा हिमान्शुसर्वाधिक ५३ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend