Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल कालिकापथमा मोनोपोल राख्ने काम सुरु


२९, पुस २०८०
  • 258
    SHARES
  • बुटवल कालिकापथमा मोनोपोल राख्ने काम सुरु

    बुटवल । बुटवलमा निर्माण सम्पन्न हुनै लागेको कालिकापथमा चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल (सिंगल पोल) राख्ने काम सुरु भएको छ ।

    सडकमा रहेको अहिलेको विद्युतको प्रसारण लाईनको सट्टा मोनो पोल राख्ने काम सुरु भएको हो । अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेला बेला दुर्घटनाको समेत जोखिम बढेकोले एक खुट्टे टावर (मोनो पोल ) राख्न लागिएको हो 

    यो पोल राखिएपछि कालिका पथ सडक थप आकर्षक र सुरक्षित हुनेछ भने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम समेत कम हुनेछ । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै माटो परीक्षणको काम शनिबारदेखि सुरु भएको छ ।

    नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ ।

    “अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ ।”

    प्राधिकरणका बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

    एमाले उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावताका नै कालिकापथमा रहेका अहिलेका चार खुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गरेका थिए ।

    बुटवलको याोगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने उनले बताएका थिए । उनको प्रतिवद्धता अनुसार अव भने विद्युतीय मोनोपोल राख्ने कामले मुर्त रुप लिन लागेको हो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend