Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई


२९, पुस २०८०
  • 100
    SHARES
  • बुटवलले गर्‍यो सार्वजनिक सुनुवाई

    बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ।

    पुस २९ गते आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए।

    बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले प्रहरीको भूमिका बढाउन सहभागीहरुले आग्रह गरेका थिए। बुटवलको तिनाउ पश्चिमको क्षेत्रमा कृषि उत्पादन वृद्धिका लागि उपमहानगरले थप ध्यान दिनुपर्ने बताए।

    उनीहरुले विकासका दृष्टिले तिनाउ पश्चिमको साविकको सेमलार र मोतीपूर पछाडि परेको भन्दै विशेष चासो दिन आग्रह गरेका थिए।

    कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाईबाट प्राप्त प्रश्न र सुझावहरुलाई ग्रहण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। २०७९ जेठ ९ गते पदभार ग्रहण गरेपछि दोश्रो पटक सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले यसबाट प्राप्त नागरिकका अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताए।

    'हामीले मोतीपुर र सेमलारको भावना के छ र कस्ता समस्या छन् भन्ने कुरा नजिकबाट थाहा पाउनका लागि मोतीपुरमै आएर कार्यक्रम गरेका हौं-उनले भने-यहाँहरुले राखेका प्रश्नहरुले हामीलाई नीति कार्यक्रममा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा थप बल पुगेको छ।'

    प्रमुख पाण्डेयले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताए। उनले बुटवललाई आर्थिक केन्द्रका रुपमा मात्रै नभई मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रुपमा स्थापित गर्ने दृढता ब्यक्त गरे।

    ‘बुटवललाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं’–उनले भने–निर्वाचित भएदेखि नै हामी सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं ।’

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउनका लिग सबैको साथ जरुरी रहेको बताइन्। उनले नागरिक सचेत भएमा मात्रै विकासको खास अर्थ रहने भन्दै सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष चासो दिन आग्रह गरिन्। उनले बजार अनुगमन र राजश्व संकलनमा विशेष जोड दिएको बताइन्।

    कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई विशेष प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

    सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न आफुहरुलाई महत्वपूर्ण सुझावहरु आएको भन्दै उनले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आस्वाशन दिए। कार्यक्रममा उपमहानगरका प्रवक्ता शिव रानाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बुटवललाई समृद्ध बनाउनका लागि प्रतिबद्ध भएको बताए ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले शान्ति सुरक्षासँग जोडिएका विषयमा आफु जिम्मेवार रहेकाले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए। राज्य टेलिभिजनले समन्वय गरेको सार्वजनिक सुनुवाईमा १ सय भन्दा बढी सेवाग्राहीसँग एक्जिटपोल र सिटिजन रिर्पोट समेत तयार पारेर प्रस्तुत गरिएको थियो।

    सार्वजनिक सनुवाई कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न बिषयगत समितिका संयोजक, विभिन्न नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधि गरि करिव २ सय जनाको सहभागिता रहेको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend