काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एएस रोमालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा मिलानले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा यासिन अदली, ओलिभर जिराउड र थिओ हर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै रोमाका लागि एक गोल लीनड्रो पारेडेजले गरेका थिए ।
यो जितपछि मिलानको सिरी ए मा २० खेलमा ४२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै रोमाको भने २० खेलमा २९ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ ।