Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात


१, माघ २०८०
  • 154
    SHARES
  • प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

    बुटवल । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

    सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरले ५ विकेटले जित निकालेको हो । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुदूरपश्चिमको जितमा शेर मल्लले ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा नटआउट रहे ।

    सुदूरका ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा पेभेलियन फर्किए । बलिङमा लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिँदा कृष्ण कार्की र अजय चौहानको नाममा समान १-१ विकेट रह्यो ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी प्रदेशले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनमा समेटिएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् ।

    ओपनर विराट भण्डारी २३, सम्राट भुुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए । सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले समान २-२ विकेट लिए ।

    नारायण जोशी प्लेयर अफ दी म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिको भने यो पहिलो खेल र जित हो ।

    सुदूरपश्चिमले मंगलबार कणर्ाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीले बुधबार कणर्ालीसँग खेल्नेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend