Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रेसुङ्गाको नगर सभा सकियो, दुई विधेयक पारित


१, माघ २०८०
  • 165
    SHARES
  • रेसुङ्गाको नगर सभा सकियो, दुई विधेयक पारित

    गुल्मी। दुई विधेयक सर्वसम्मत पारित गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकाको नगर सभा सकिएको छ ।

    यस नगरपालिकाको १४ औँ नगर सभामा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेयले दुई विधेयक १४ औँ नगर सभामा प्रस्तुत गर्नुभयो ।

    संयोजक पाण्डेयले रेसुङ्गा नगरपालिकाको संस्था दर्ता विधेयक–२०८० र रेसुङ्गा नगरपालिकाको जनस्वास्थ्य विधेयक–२०८० नगर सभामा पेस गर्नुभयो ।

    उहाँले सभामा पेस गर्नुभएका दुईवटा विधेयकहरू सर्वसम्मत पारित भए । त्यस अवसरमा नगर सभाका अध्यक्ष एवम् रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले चालू आर्थिक वर्ष २०८०/०८१ अर्धवार्षिक प्रगतिको बारेमा जानकारी गराउनुभयो ।

    उहाँले छ महिनामा यस नगरपालिकाको २५.५ प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो । जसमा चालूतर्फ २५ प्रतिशत र पुँजिगतर्फ २६ प्रतिशत प्रगति भएको छ । हालसम्म आन्तरिक राजश्व ७२ लाख ७९ हजार रुपियाँ सङ्कलन भएको भन्दै उहाँले ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

    सार्वजनिक सेवा प्रवाहलाई चुस्त–दुरुस्त पारिएको उल्लेख गर्दै सदरमुकाम तम्घासको सडक रि–पिच, जिल्लालाई हवाई यातायातसँग जोडिएको र हालैमात्र गुल्मी अस्पतालमा मिर्गौलाको डायलिसिस सेवा सञ्चालनसहित दर्जनौँ विकाससँग सम्बन्धित नगरपालिकाभित्र भएका र आफ्नो पहलमा हालसम्मका विकास निर्माणको बारेमा जानकारी गराउनुभयो ।

    त्यस्तै, नगरपालिकाले सुरु गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानअन्तर्गत गत साउन महिनादेखि हालसम्म ३० हजार पर्यटकले रेसुङ्गा भ्रमण गरिसक्नुभएको उल्लेख गर्दै उहाँले आर्थिक वर्षको अन्त्यसम्म एक लाख पर्यटक रेसुङ्गामा पुर्‍याउने लक्ष्य लिएको बताउनुभयो ।

    आगामी दिनमा गरिने कार्यहरूको बारेमा बताउँदै उहाँले रेसुङ्गा नगरपालिकाले सधैँ नागरिकको पक्षमा रहेर काम गर्दै आएको उल्लेख गर्नुभयो । छिमेकी मुलुक भारत र दक्षिण कोरियाको भ्रमण गरेको भन्दै दुवै भ्रमण फलदायी भएको प्रमुख पन्थीले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend