Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

किसानहरुको गुनासोः बुटवलको फोहोरले तिलोत्तमामा असर


२, माघ २०८०
  • 208
    SHARES
  • किसानहरुको गुनासोः बुटवलको फोहोरले तिलोत्तमामा असर

    बुटवल। खेतीयोग्य जमीनको उर्बरता शक्ति हराउँदै गएकाले उत्पादनमा ह्रास आएको तिलोत्तमाका किसानहरुको गुनासो छ । बुटवल बजारको फोहोर सुखौरा खोलामा फाल्ने भएकाले खेतबारीमा त्यसको असर पर्ने गरेको किसानहरुको भनाई छ ।

    जसले गर्दा खेती गर्ने किसानहरुमा निराशा छाउँदै गएको छ, किसान रामनारायण चौधरीले बताउनु भयो । उहाले भन्नुभयो,' रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ११ मद्रहानी मौजाका सबैभन्दा किसानहरुले समस्या भोग्नु परेको छ ।'

    पछिल्लो समय बुटवलको बजारीकरण फस्टाउँदै जानु र जनघनत्व पनि बढ्नाले ती मानिसहरुले खोलामा फाल्ने फोहोर तिलोत्तमामा प्रत्यक्ष असर पुगेको अर्का किसान गणेश पाण्डे बताउँनुहुन्छ। सिँचाइ प्रणालीमा बढ्दै गएको प्रदूषणले खेतीयोग्य जमिन रुखो बन्दै गएको दुखेसो किसानहरुको छ ।

    किसानहरु भन्छन्, 'कुलोमा फालिएका फोहोर पदार्थले खेतबारीको उर्बर माटोलाई बिगार्दै गएकाले उत्पादनमा बर्सेनि गिरावट आएको छ ।

    खेती गर्दा प्लास्टिक लगायत नगल्ने वस्तुहरु भेटिन्छन् ।जोखिम मोलेर खेती गर्नुपर्छ । यो समस्यालाई हल गर्नका लागि स्थानीय सरकारसँग धेरैपटक जानकारी गरायौं सुनुवाई भएन।'

    मद्रहानी मौजाका अध्यक्ष मोहनलाल ज्ञवालीले बुटवल बजारको फोहर, छाडा चौपाया, अव्यवस्थित बसोबासले कुलो मासिदै जानुले किसानमाथि अन्याय भएको जिकिर गर्नुभयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend