भैरहवा । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गर्नुभएको छ ।
अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताउनुभयो । अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङन (एफआरए) मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताउनुभयो । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ ।
त्यस्तै स्थानिय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँले सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताउनुभयो । यसले राजश्व चुहावटबाट हुन सक्ने बित्तय जोखिम पनि कम हुदै गएको बताउनुभयो ।
सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ बटा योजना मध्ये प्रथम चौमासिकसम्म ३० बटा योजना सम्पन्न भईसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धीत सरोकारवालाई सवैलाई निर्देशन दिनुभएको छ ।
सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भईरहेको बताउदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको बिषयमा सभामा प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झीएका विवादलाई पनि न्यायीक समितिबाट निरुपण गरिएको बताउनुभयो ।
अधिवेशनको पहिलो बैठकमा सियारी गाउँ सभाका सचिव तथा प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सञ्चालन गरेका थियो । गाउँसभाको अर्को बैठक सुचना प्रकासित भएपछि बस्ने गरी स्थगित भएको छ ।