Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित


२, माघ २०८०
  • 164
    SHARES
  • प्रधानमन्त्री कप : अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित

    काठमाडौं। विभागीय टिम नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा कोशीलाई पुलिसले सात विकेटले हराएको हो ।

    कोशीले दिएको १६७ रनको सामान्य लक्ष्य पुलिसले २३.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि ओपनर अर्जुन साउदले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले ।

    ६३ बलको सामना गरेका उनले ३ छक्का र २ चौका हिर्काए । त्यस्तै दीपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहँदा दिलिप नाथले ३१, सुनिल धमलाले १६ र कुशल भूर्तेलले १२ रन थपे ।

    यो पुलिसको लगातार दोस्रो जित हो भने कोशीले लगातार तेस्रो हार भोगेको छ । यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शानदार शतकमा १६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

    कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ४८.२ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो । कोशीका लागि सुजन थपलियाले शानदार शतकीय पारी खेले । टिमका लागि वान म्यान आर्मीको भूमिकामा रहँदै सुजनले शतक प्रहार गरेका हुन् । 

    उनले १२६ बलको सामना गर्दै ८ छक्का र ६ चौका हिर्काउँदै १०५ रनकबो शानदार पारी खेले । ६४ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा मैदान छिरेका सुजनले अभ्यास तिमिल्सिनासँग मिलेर शानदार प्रदर्शन गरेका हुन् । अभ्यास २३ रन बनाएर आउट भए ।

    सुजनको शतक यस संस्करणको पीएम कपको चौथो शतक हो । यसअघि रसिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए । बलिङतर्फ पुलिसका करण केसीले तीन तथा सुनिल धमला र ललित राजवंशीले २ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend