अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिकाको विकट वस्तिमा पुगेर जिल्ला प्रशासन कार्यालय र नगरपालिका मार्फत घरमै पुगेर असक्त नागरिकलाई नागरिकता प्रदान गरिएको छ।
नगरपालिकाको वडा नम्बर १४ को बस्ती करेचुलीमा पुगेर ४५ बर्षीय यम बहादुर ढेडीको नागरिकता प्रदान गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल, प्रशासकिय अधिकृत नुमलाल पन्थी ,शितगगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र वडा अध्यक्ष दामोदर न्यौपाने घरमै पुगेर नागरिकता बितरण गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। असक्त नागरिकले घरमै नागरिकता प्राप्त गर्दा निकै खुशी भएका थिए ।