काठमाडौं । खासगरी आवास संकट बढिरहँदा यसको प्रत्यक्ष दबाव प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि परेको छ ।
प्रमुख प्रतिपक्षी दल कन्जरभेटिभ नेता पियरे पोइलिभ्रे भनेका छन्, ‘यदि सरकारले थप मानिसहरू ल्याउँदै छ भने थप आवासहरू बनाउनुपर्छ । तर अहिले हामी पर्याप्त घरहरु निर्माण गरिरहेका छैनौं ।’
यद्यपि विद्यार्थीको संख्यामा सीमा राख्दा त्यहाँका क्याम्पस र विश्वविद्यालयहरू भने प्रभावित हुनेछन् । किनकी क्यानडामा आप्रवासी विद्यार्थीहरूले महंगो शुल्क तिरिरहेका हुन्छन् ।
नेसनल पोस्टका अनुसार यस वर्ष क्यानडा प्रवेश गर्ने विद्यार्थीको संख्या बढेर ९ लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१५ मा लिबरल सत्तामा आएपछि यो संख्या तीन गुणा बढेको छ ।
लिबरलहरूले क्यानाडाको अध्यागमनको स्तरलाई उल्लेखनीय रूपमा बढाएका छन् । सन् २०२५ र त्यसपछि प्रति वर्ष ५ लाख नयाँ स्थायी बासिन्दाहरू वृद्धि गर्ने उनीहरूको लक्ष्य छ ।
अक्टोबर २०२३ सम्म लगभग ४ लाख ५५ हजार नयाँ स्थायी बासिन्दाहरू स्वीकार गरिएको थियो । अहिलेसम्म २०२३ भरीको सम्पूर्ण तथ्याङ्क भने अझै सार्वजनिक गरिएको छैन ।
क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्थायी बासिन्दाहरू मानिन्छ । कतिपय अर्थशास्त्रीहरूले ट्रुडो सरकारले उचित आधार विना अस्थायी आप्रवासीहरू तीव्र दरमा बढाउँदा आर्थिक समस्या देखिएको तर्क गर्दै आएका छन् ।