Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


४, माघ २०८०
  • 149
    SHARES
  • बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ।

    नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।

    प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए। उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताए। उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए।

    received_760860919436116.jpeg

    उनले विद्यालयहरुलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन उनले आग्रह गरे।

    उनले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताए। प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने बताए।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन्। उनले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गरिन्।

    नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले३  दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए। प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।

    उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।  

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको सचिव प्रेम बस्नेतले बताए।

    कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका जयप्रकाश भट्टराई, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै खेल क्षेत्रको विकासमा नगरले गरेको कार्यक्रम प्रभावशाली रहेको बताए।   

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्।

    यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोश्रो हुनेलाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ। 

    प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्‍यालीको मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिए।

    गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend