Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एकैवर्षमा लोकसेवाको ५ परीक्षा उत्तीर्ण गर्न सफल भइन मनिषा जिसी


५, माघ २०८०
  • 277
    SHARES
  • एकैवर्षमा लोकसेवाको ५ परीक्षा उत्तीर्ण गर्न सफल भइन मनिषा जिसी

    गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका-३,हाडहाडे गाउँकी मनिषा जिसी भनेर चिनिने विष्णु घर्तीले एक बर्ष भित्रमा विभिन्न सरकारी सेवाका पाँचवटा लोक सेवा आयोगका परीक्षा उत्तिर्ण गरेकी छन।

    बुटवलको कालिका क्याम्पसमा स्टाफ नर्स प्राविधिक शिक्षा तर्फ स्नातक दोश्रो वर्षमा अध्ययनरत जिसीले गत बर्षको १० महिने अवधि मै पाँच वटा लोक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेकी हुन।

    उनले पहिलो कोशी प्रदेश लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह (सिफारिस ओखलढुंगाको चम्पादेवी गाउँपालिका) लागि परीक्षा उत्तिर्ण गरेकी हुन।

    त्यस्तै दोश्रो लुम्बिनी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह उत्तिर्ण गरिन।

    तेस्रो लुम्बिनी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवा अन्तर्गत स्थानीय स्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह पनि उत्तिर्ण गरिन।

    त्यसैगरी चौथो बागमती प्रदेश लोकसेवा आयोग, स्वस्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह र पाँचौ परीक्षा संघिय लोकसेवा आयोग, केन्द्रिय कार्यालय काठमाडौं, स्वास्थ्य सेवा, प्राविधिक नर्सिङ समूह, पाँचौ तह उत्तिर्ण गरेर आफुलाई अब्बल र सक्षम विद्यार्थीको रुपमा उभ्याएकी छन। हाल उनी बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ्ग पाँचौ तहमा कार्यरत छिन।

    उनले आफ्नो संघर्ष र भावना यसरी लेख्छिन, ‘मनले चाह्यो भने असम्भव केही छैन। नर्सिङ पढ्नु सानैको रहर थियो मलाई। परिवारको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि १५ बर्षमा डाक्टर बन्न बजार छिरेकी थिए। त्यतिबेला नर्सिङ भन्ने शब्द डाक्टर सरहको लाग्थ्यो।’

    उनी अगाडि थप्छिन्, ‘छात्रवृत्तिमा नर्सिङ संकाय उत्तिर्ण गरी करिब ५ बर्ष करार सेवामा काम गरेकी थिए। कमाएको रकम भाइबहिनीको पढाईमा खर्चनु पर्दथ्यो। ट्युसन पढाएर रुमको भाडा र रासनको व्यवस्थापन गर्थे। आजभोलि नर्सिङ पढ्ने र विदेश जानेको लर्को लागिरहेको बेला लोकसेवा नै किन भन्ने हजारौँ ‌प्रश्न थिए।

    यस्मा म के भन्छु भने तपाईंलाई जे गर्नमा इच्छा हुन्छ, रुचि छ त्यही गर्नुस दुःख गर्नुहुन्छ भने त्यसको फल पक्कै राम्रो हुन्छ। तपाईं विदेशमा गएर जति समय विदेशलाई दिनुहुन्छ त्यति समय नेपालमा बसेर नेपाललाई खर्चिनुहोस। पैसा यहि कमाउन सक्नुहुन्छ। क्षमता, त्याग र परिश्रम तपाईंमा हुनुपर्छ।’

    कसरी तयारी गरे सफल हुन सकिन्छ भन्ने प्रश्नमा उनको भनाई थियो, ‘लोकसेवा कसरी पढ्ने ? कति चोटि परीक्षा दिएँ, नाम नै आउदैन। मेरो त भाग्यनै छैन भनेर भाग्यलाई धिक्कार्नु हुन्छ।

    म भन्छु लोकसेवा रमाइलो गरी पढ्नुहोस, नाचेर पढ्नुहोस, घुमेर पढ्नुहोस, खाएर पढ्नुहोस तर तपाँइको लगाव र मिहिनेतलाई नछोड्नुहोस। यदि तपाईं म गर्छु भन्ने सोच्नुहुन्छ भने त्यो पूरा हुन धेरै समय लाग्दैन।’

    ‘मेरो यो नतिजा एक महिनाको मात्र पढाईको फल हो, १० महिना त परीक्षाको फम खोलेर लिखित परीक्षा हुन लागेको समय र परीक्षाको नतिजा प्रकाशन हुन लागेको समय हो।

    मैले पढेको मात्र एक महिना हो। एक महिनाको समयमा म सङ्ग पुस्तक बाहेक आफन्त साथिभाई, परिवार कोहि थिएनन तर सामाजिक संजाल म सङ्ग २४ घन्टै हुन्थ्यो।’

    समग्र नेपाली चेलीहरुलाई विशेषतः गुल्मी जिल्ल्लावासी दिदिबहिनिहरुलाई उनको सन्देश अथवा सुझाव छ, ‘अब हाम्रा जमाना त्यस्ता छैनन कि जहाँ स्नातक, मास्टर हाम्रो पढाई छ तर हामी उहीँ कुना र कन्दरामा लुकिरहेका छौँ।

    हाम्रो शक्ति लुकिरहेको छ, आत्मनिर्भर रहन सकिरहेका छैनौँ। तपाईं स्वतन्त्र भएर हिँड्नुहोस्, गलत र सहि छुट्याएर हिड्नुहोस्, बिचमा आउने बाधा तथा व्यवधानहरु आफै किनारा लाग्छन।’

    मनले चाह्यो भने असम्भव केही छैन। नर्सिङ पढ्नु सानैको रहर थियो मलाई। परिवारको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि १५ बर्षमा डाक्टर बन्न बजार छिरेकी थिए। त्यतिबेला नर्सिङ भन्ने शब्द डाक्टर सरहको लाग्थ्यो।’

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend