Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि 


५, माघ २०८०
  • 187
    SHARES
  • आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि 

    काठमाडौँ । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने विश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ ।

    विश्वकपका खेलहरू पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् । 

    विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । 

    समूह ’ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा भने इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

    विश्वकपको पहिलो दिन आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिकाबीच तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल हुँदैछ ।

    दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । नेपालले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यू १९ विश्वकपका सबै ४१ वटा खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने आईसीसीले जनाएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend