Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यू-१९ विश्वकप : दक्षिण अफ्रिका विजयी


६, माघ २०८०
  • 143
    SHARES
  • यू-१९ विश्वकप : दक्षिण अफ्रिका विजयी

    काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको हो ।

    वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ को बलियो स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले । 

    कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए । नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए ।

    लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए ।

    तर,अन्य कुनै पनि ब्याट्सम्यानले अर्ध शतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend