Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विद्यार्थीले बनाए खाद्यान्नबाट नेपालको चुच्चे नक्सा


७, माघ २०८०
  • 274
    SHARES
  • विद्यार्थीले बनाए खाद्यान्नबाट नेपालको चुच्चे नक्सा

    गुल्मी । आफुसंग रहेको सृजनशीलता प्रस्तुत गर्दै गुल्मीका दुइ विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको चुच्चे नक्सा बनाएका छन् ।

    गुल्मी जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरि मालिका गाउँपालिका–३, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयका दुई विद्यार्थी कक्षा ९ मा अध्ययनरत सुशील थापा र मीनबहादुर विकले नक्सा तयार पारेका हुन। 

    सामाजिक विषय अध्ययनका क्रममा नक्सा निर्माण कार्य शीर्षकको पाठमा विद्यार्थीलाई रचनात्मक बनाइ अभ्यास गराउने क्रममा नेपालको नक्सा तयार पार्न सिकाएको शिक्षक टोपलाल पौड्यालले बताउनुभयो ।

    विद्यार्थीहरूद्वारा तयार पारिएको नेपालको नक्सालाई मालिका गाउँपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक प्रदर्शनी प्रतियोगितामा राखिएको थियो।

    विद्यार्थीले प्रत्येक प्रदेशको छुट्टाछुट्टै दलहन तथा खाद्यान्न बालीको प्रयोग गरिएको नक्साले सामाजिक सञ्जालमा चौतर्फी चर्चा र प्रशंसा पाएको छ।

    नेपाल कृषि प्रधान देश हो,नेपालको बाहुल्य जनसङ्ख्या कृषिमा आश्रित रहेको र सोही विषयलाई विद्यार्थीद्वयले निर्माण गरेको आकर्षक नेपालको नक्सामा प्रतिबिम्बित गरेको बताएका छन् ।

    देशको शासकीय प्रणाली एकात्मक राज्य व्यवस्थाबाट सङ्घात्मक प्रणालीमा गएसँगै हाल नेपालमा सातवटा प्रदेशहरू छन् । विद्यालयले उपलब्ध गराएको प्लाई बोर्डमा गमको सहायताले दलहन तथा खाद्यान्न बालीका दानाहरू टाँसेर नेपालको नक्सा बनाएका हुन् ।

    नक्सामा कोशी प्रदेशलाई धान, मधेश प्रदेशलाई मसुरोको दाल, बागमती प्रदेशलाई कालो सिमी, गण्डकी प्रदेशलाई मकै, लुम्बिनी प्रदेशलाई भाँगोको दाना, कर्णाली प्रदेशलाई चामल र सुदूरपश्चिम प्रदेशलाई कोदोको दानाले सङ्केत दिइएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend