काठमाडौं । कप्तान विपीन खत्रीको घातक बलिङसामू निरीह देखिएको कोशी प्रदेशलाई १४२ रनले हराउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
गण्डकीले दिएको १६८ रनको मधयम लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा अलआउट हुँदै २५ रनमा समेटिएपछि गण्डकीले १४२ रनको फराकिलो जित निकाल्दै पहिलो जित दर्ता गराएको हो । कोशीका लागि कप्तान अंकित सुवेदीले जोडेको ८ रननै सर्वाधिक रह्यो ।
सोनु अन्सारी, फिर्दोस अन्सारी र समिर कार्कीलाई शुन्य रनमा नै गुमाएको कोशीले मिनाश थापा र सोनु मण्डललाई १ रनमा गुमायो भने सुजन थपलिया २ रनमा बोल्ड आउट भए ।
गण्डकीलाई लज्जाजनक हार चखाउन गण्डकीका कप्तान विपीन खत्रीले घातक बलिङ गरे । ७ ओभर बलिङ गरेका विपीनले ३ मेडन राख्दै ७ रन दिएर ६ विकेट चट्काएपछि कोशीको पाली धरासायी बन्यो । त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिए ।