Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : पुलिसको लगातार तेस्रो जित


७, माघ २०८०
  • 228
    SHARES
  • प्रधानमन्त्री कप : पुलिसको लगातार तेस्रो जित

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा पुलिसले विभागीय टिम नेपाल आर्मीलाई १३ रनले पाखा लगाएको हो । खराब मौसमको कारण ३३ अ‍ोभरमा छोट्टयाईएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

    १४१ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । आर्मीका लागि भीम सार्कीले ५२ रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै कुशल मल्लले ३५ रन थपेको खेलमा कप्तान विनोद भण्डारीले १९ रन जोडका थिए ।

    बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३ तथा रासिद खानले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । यसअघि तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको थियो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो । खराब मौसमका कारण ढिलो सुरु भएको खेल प्रति इनिङ ३३ ओभरमा घटाइएको थियो ।

    पुलिसको सुरुवात नै खराब रहेको थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट भए । त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

    ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङलाई बलियो बनाए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औ ओभरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पभिलियन फर्किए ।

    कप्तान दीपेन्द्र सिंह ऐरी १३ रनमा रन आउट भएका थिए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहब कै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नट आउट रहे ।

    आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।

    आर्मीको यो लगातार दोस्रो हार हो भने पुलिस हालसम्म अपराजित रहँदै आएको छ । तीन खेलमा ६ अंक जोडेको पुलिस अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend