Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मयनको उत्कृष्ट शतकमा मधेशले सुदूरपश्चिमलाई दियो ३२० रनको विशाल लक्ष्य


८, माघ २०८०
  • 156
    SHARES
  • मयनको उत्कृष्ट शतकमा मधेशले सुदूरपश्चिमलाई दियो ३२० रनको विशाल लक्ष्य

    काठमाडौं । मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३२० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१९ रन जोड्यो । मधेशका लागि युवा ब्याटर मयन यादवले शतक प्रहार गरेका छन् । उनले १२२ बलमा उनले ८ चौका र २ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।

    प्रधानमन्त्री कपमा यो मयनको पहिलो शतक हो भने यस संस्करणको छैटौं शतक हो । यसअघि रासिद खान, विनोद भण्डारी, सन्दीप जोरा, सुजन थपलिया र आशुतोष घिरैयाले शतक प्रहार गरेका थिए । शतक प्रहार गरेका मयनले समग्रमा आज १२८ बलको सामना गर्दै ११५ रन जोडे । त्यसक्रममा उनले ८ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै पवन सर्राफले ६३ बलको सामना गर्दै ७० रनको अर्धशतकीय पारी खेले । पवनको यस संस्करणमा यो तेस्रो अर्धशतक हो । त्यस्तै ७० बलको सामना गरेका अनिल साहले ६ चौका र २ छक्का हिर्काउँदै ६९ रन थपे ।

    भने कप्तान हरिशंकर साहले १४, रुपेश सिंहले २१ र अभिशेक तिवारीले १६ रन थपे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले ४ तथा विकाश आग्रीले २ र गजेन्द्र बोहराले एक विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend