Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एपीएफलाई हराउदैँ पुलिस क्लब शीर्ष स्थानमा उक्लियो


८, माघ २०८०
  • 159
    SHARES
  • एपीएफलाई हराउदैँ पुलिस क्लब शीर्ष स्थानमा उक्लियो

    काठमाडौं । तीव्र गतीका बलर ललितनारायण राजवंशीले शानदार बलिङ गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसले लगातार चौथो जित निकालेको छ ।

    लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले अर्को विभागीय टिम एपीएफलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । पुलिसले दिएको १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा समेटिएपछि पुलिसले ५८ रनको जित निकालेको हो ।

    एपीएफका लागि सन्दीप जोराले २५ तथा अमर रौटेलाले बनाएको २३ रननै सर्वाधिक रह्यो । कप्तान रोहित पौडेल, पुरन विक, प्रदीप ऐरी, लोकेश बल, सुमित महर्जन, मौशम ढकाल र रमेश कुर्मी शून्य रनमै आउट भए । बलिङतर्फ घातक बलिङ गरेका ललितले ८ ओभरमा ४ मेड्न राख्दै ८ रन खर्चिएर ५ विकेट चट्काए । त्यस्तै रासिद खानले २ र सागर ढकालले १ विकेट लिए ।

    यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे ।

    पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपिएफले लगातार विकेट लियो ।

    अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर राउटेला र रमेश कुर्मीले २/२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले १/१ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend