Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कपमा मधेशले सुदुरपश्चिमलाई हरायो,एकै खेलमा दुई सतक


८, माघ २०८०
  • 196
    SHARES
  • प्रधानमन्त्री कपमा मधेशले सुदुरपश्चिमलाई हरायो,एकै खेलमा दुई सतक

    काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेशले सुदुरपश्चिमलाई ८० रनले पराजित गरेको हो । मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याउने क्रममा ४४.५ ओभरमा २३९ रनमा समेटिन पुग्यो ।

    सुदुरपश्चिका लागि नरेन भट्टले १ सय २१ रनको शतकिय इनिङ खेलेपनि जीतका लागि प्रयाप्त भएन मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन/तीन विकेट लिए ।

    त्यसअघि पहिले व्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन जोड्यो । मधेशका लागि मयन यादवले १ सय १५ रनको इनिङ खेले । त्यस्तै अनिल शाहले ६९ र पवन सर्राफले ७० रनको योगदान दिए । सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए ।  

    त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा कर्णालीलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले लगातार चौथो जित दर्ता गर्न सफल भएको छ । टस जितेर ब्याटिङ रोजेको कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । त्यसअघि कर्णाली २४.२ ओभरमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

    त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफ नेपाल पुलिस क्लबसँग ५८ रनले पराजित भयो । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend