Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : कर्णालीद्धारा कोशी पराजित,अर्को दुई खेल कसले जित्यो ?


९, माघ २०८०
  • 152
    SHARES
  • प्रधानमन्त्री कप : कर्णालीद्धारा कोशी पराजित,अर्को दुई खेल कसले जित्यो ?

    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ। मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । 

    यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।
     
    कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए।

    कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । 

    उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए । कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए । 

    यता त्रिभुवन आर्मीद्धारा नेपाल एपिएफ क्लब पराजित भएको छ। सुरुवाती दुई खेलमा जित निकालेपछि एपिएफले लगातार हार बेहोरेको हो। मंगलबार भैरहवामा भएको खेलमा एपिएफमाथि त्रिभुवन आर्मी क्लबले ४ विकेटको जित निकाल्यो।

    आर्मीको भने यो पाँच खेलमा तेस्रो जित हो। एपिएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सबैभन्दा बढी नटआउट ३४ रन जोडे। उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे।

    बासिर अहमेदले १८ रनमा जोडे भने अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा एपिएफका रमेश कुर्मीले २ विकेट लिए। त्यसअघि टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ निर्धारित ३६ ‌ओभरको खेलमा ३२.४ ओभरमा १२१ रनमै अलआउट भयो।

    एपिएफका लागि कप्तान रोहित पौडेलले ५९ रन जोडे। उनले १०३ बल खेल्दा समान २९२ चौका र छक्का हिर्काए। एपिएफका ओपनर प्रज्वल शाही गोल्डन डट आउट हुँदा प्रदीप ऐरी ६ रन र पुरन विक ३ रनमा आउट भए। सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि एपिएफ दबाबमा परेको थियो।बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने अभिनास कर्णले २ विकेट हात पारे।

    त्यस्तै आजकै अर्को खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । गण्डकीसँगको हारले बागमतीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनामा ठूलो धक्का लागेको छ ।

    जितको लागि पाएको १९९ रनको मध्यम विजयी लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गण्डकीका करन पङ्गेनीले ९८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको एक उत्कृष्ट इनिङ खेले ।

    गण्डकीलाई ७ बलमा ४ रन चाहिँदा प्रतिश जी.सीको बलमा ठूलो सट खेल्ने धुनमा करण टप एज लागेर फस्ट स्लिपमा अशोक पौडेलबाट क्याच आउट भए । अन्तिम ६ बलमा जितको लागि ४ रन चाहिएको थियो ।

    बागमतीले रिजन ढकाललाई छाडेर सबैलाई आश्चर्य पार्दै ईशान पाण्डेलाई बलिङ दिएको थियो । ईशान पाण्डेले पहिलो बलमा कृष ऐरलाई एक रन दिए ।

    दोस्रो बलमा अङ्कित न्यौपानेको क्याच लङअनमा अशोक पौडेलले छाडेपछि बाँकी चार बलमा एक रन मात्रै चाहिएको थियो । तेस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै अङ्कितले रोमाञ्चक जित दिलाए ।

    गण्डकीलाई ओपनर समीर कँडेल र ईश्वर क्षेत्रीले ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । समीर ४१ बलमा १ चौकासहित १९ रन बनाउँदै आउट भए । ईश्वर ४२ बलमा ५ चौका र १ छक्कासहित ३६ रन जोडे ।

    तेस्रो विकेटका लागि मुस्कान थापा र करनले ७० रनको साझेदारी गर्दै गण्डकीलाई जितको आधार तय गरेका थिए । मुस्कान थापा ७१ बलमा २ चौकासहित २७ र कमल परियार २० रनमा आउट भए । बागमतीका प्रतिश जी.सीले दुई, रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले १–१ विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा अल आउट भएको थियो । ओपनर आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए । ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । बागमतीका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    बागमतीलाई ओपनर आशुतोष घिरैया र ईशान पाण्डेले २०.२ ओभरमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछिका ब्याटर चल्न नसक्दा बलियो योगफलको आधार बनाउनबाट चुकेको थियो । कप्तान रित गौतम १३, रविन जोशी डक, अशोक पौडेल ३०, विपिन आचार्य ३८, प्रतिश जी.सी २ र सूर्य तामाङले १५ रन बनाए ।

    गण्डकीका कमल परियारले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिएका थिए । विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङ २ र सन्दीप पराजुलीले १ विकेट लिए ।

    बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अङ्कका साथ दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ आठौँ स्थानमा छ ।

    पुलिस ४ खेलमा ८ अङ्कका साथ शीर्षस्थानमा छ । मधेश ६ खेलमा ८ अङ्कका साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend