Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जिल्लास्तरीय भलिबलको उपाधी मणिमुकुन्द र न्यु होराईजनलाई


९, माघ २०८०
  • 133
    SHARES
  • जिल्लास्तरीय भलिबलको उपाधी मणिमुकुन्द र न्यु होराईजनलाई

    बुटवल । रुपन्देहीमा सम्पन्न जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिताको छात्रतर्फ मणिमुकुन्द र छात्रातर्फ न्यु होराईजनले उपाधि चुमेको छ ।

    उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), रुपन्देहीको आयोजनामा सिद्धार्थ बोर्डिङ स्कुल खेल मैदानमा भएको छात्र भलिबल प्रतियोगिताको फाईनलमा न्यु होराईजन बोर्डिङ स्कुललाई २–१ को सेटले पराजित गर्दै मणिमुकुन्दले उपाधि हात पारेको हो । उपाधिसंग मणिमुकुन्दले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

    उपविजेता न्यु होराईजन भने १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा सेन्ट जोसेफ तेस्रो हुदै नगद ५ हजार, कपबाट पुरस्कृत भएको छ । प्रतियोगितामा मणिमुकुन्दका राज खवास बेष्ट डिफेन्स, यमन थापा बेष्ट सेटर, नबिन भण्डारी बेष्ट ब्लकर, होराईजनका रोहित केसी बेष्ट सर्भर, बेष्ट स्पाईक होराईजनका सागर रसाईली तथा मणिमुकुन्दका दिपेन्द्र रायमाझी बेष्ट प्लेयरबाट पुरस्कृत भए ।

    यसैगरि छात्रा भलिबल प्रतियोगिताको उपाधि भने न्यु होराईजन माबिले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा एभरेस्ट बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै न्यु होराईजनले उपाधि हात पारेको हो । उपाधिसंगै होराईजन नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

    उपविजेता एभरेष्ट नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा कुवरवर्ती माबि तेस्रो हुँदै नगद ५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा कुवरवर्तिकी दिपा आले बेष्ट डिफेन्स, होराईजनकी उषा रजाईली बेष्ट सेटर, एभरेष्टकी अनुसा चौधरी बेष्ट स्पाईकर, होराईजनकी एलिया चौधरी बेष्ट सर्भर, कुवरवर्तीकी रिचा थापा बेष्ट ब्लकर र होराईजनका बेष्ट प्लेयर संचिता चौधरी भईन ।

    एक समारोहका बिच हिसान केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, पुर्व जिशिअ टेक बहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका सल्लाहकार टुक बहादुर क्षेत्री, हिसानका जिल्ला अध्यक्ष दिनेश भुषाल, सचिव बाबुराम बन्जाडेले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ९ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend