Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : मधेशले पुलिसलाई दियो ९७ रनको सामान्य लक्ष्य


१०, माघ २०८०
  • 149
    SHARES
  • प्रधानमन्त्री कप : मधेशले पुलिसलाई दियो ९७ रनको सामान्य लक्ष्य

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मधेश २४ ओभरमा ९६ रनमा समेटियो । 

    मधेशका लागि अरनिको यादवले २३ तथा कप्तान हरिशंकर साहले २२ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    सुदूरपश्चिमविरुद्ध शतक हानेका मयन यादव आज ५ रनमा आउट हुँदा सुदूरविरुद्ध नै अर्धशतक हानेका अनिल साह १ तथा पवन सर्राफ ६ रनमा आउट भए ।

    मधेशलाई सस्तैमा रोक्न पुलिसा बायाँ हाते बलर सागर ढकानल र ललितनारायण राजवंशीले घातक बलिङ गरे । ९ ओभर फ्याँकेका सागरले ४१ रन दिएर ५ विकेट लिँदा ललितले ५ ओभरमा २ मेडन राख्दै मात्र १२ रन दिएर ४ विकेट लिए । १ विकेट रासिद खानको नाममा रह्यो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend