Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लगातार पाँचौँ जितसहित पुलिस क्लब शीर्षस्थानमै कायम,कोशी बाहिरियो


१०, माघ २०८०
  • 160
    SHARES
  • लगातार पाँचौँ जितसहित पुलिस क्लब शीर्षस्थानमै कायम,कोशी बाहिरियो
    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ ।
     
    मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो ।
     
    पुलिसले ५ खेलमा १० अङ्क जोड्दै अङ्क तालिको शीर्ष स्थानमा यथावत् छ । यता मधेशले ७ खेलमा ८ अङ्क जोडेको छ । मधेश अङ्क तालिकाको तेस्रो स्थानमा छ । 
     
    धेशले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए ।
     
    त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए । मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुईरदुई विकेट लिए ।
     
    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट  गुमाउँदै ९६ रनको योगफल बनाएको थियो । मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए ।
     
    पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे । त्यस्तै राशिद खानले एक विकेट लिए । 
     
    त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अर्को खेलमा कोशी प्रदेश सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।
     
    सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक प्रहार गरे। उनले ४९ बलमा ५४ रन बनाए। त्यस्तै, प्रकाश पाण्डेले ३४, राजु रिजालले २१ र खडक बोहराले नौ रन बनाए। कोशीका लागि फिर्दोष अन्सारीले दुई विकेट लिए। कम स्कोरको खेलमा कोशीका अन्य बलरले विकेट लिन सकेनन्।
     
    यसअघि ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो। कोशीका लागि मीनश थापाले २६, अङ्कित सुवेदीले २२, कमल खत्रीले १८ र फिर्दोष अन्सारीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
     
    सुदूरपश्चिमका लागि शेर मल्लले पाँच र विकास आग्रीले चार विकेट लिए। मल्लले ६ ओभरमा २८ रन र आग्रीले सात ओभरमा नौ रन खर्चिए। यो जितसँगै सुदूरपश्चिम आठ अंक जोडेर अंक तालिकको दोस्रो स्थानमा पुगेको छ। कोशीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन। प्रतियोगिताबाट बाहिरिसकेको कोशीको एक खेल मात्रै बाँकी छ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend